पुरुष भलिबल प्रतियोगिताको उपाधी रामजानकी टिमलाई

कञ्चनपुर : कञ्चनपुरकोे महेन्द्रनगर कर्बडहलमा आयोजना गरिएको खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी रामजानकी टिमलाई पाईएको छ । आइतबार समापन प्रतियोगितामा रामजानकीकोे टिमले आयोजक टिमलाई ३–२सेटले हराउँदै उपाधी चुमेको हो । आयोजकले उपविजेताकै चित्त बुझाउनु¥यो । जिल्ला भलिबल संघको आयोजनामा बुधबारदेखि खुला पुरुष भलिबल प्रतियोगिता शुरु भएको थियो । विश्व भलिबल दिवसको अवसर पारेर भलिबल प्रशिक्षण केन्द्र कर्डहलमा प्रतियोगिता संचालन गरिएको हो ।

जिल्ला भलिबल संघ कञ्चनपुरका महासचिव उत्तम विष्टले प्रतियोगितामा विभागिय, आयोजक सहित १२टिमविच प्रतिस्पर्धा भएको थियो । बिजेता रामजानकीले नगद १लाख १हजार १११, उपबिजेता आयोजकले ५१ हजार १सय ११, पुरस्कार पाएका थिए ।तृतिय भएको शिखर बहुदउेश्यीय सहकारी संस्थाले २१ हजार १सय ११ सहित उत्कृष्ट खेलाडीलाई नगद सहित मेडल, प्रमाण प्रदान गरिएको छ । प्रतियोगिताको समापन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले यस्ता प्रतियोगितामा संचालनमा जोडदिए । नेपाल भलिबल संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष हरकसिह धामीले प्रतियोगिताले भलिबलका खेलाडीमा उत्साह थप्नेदेखिका नयाँ खेलाडी उत्पादन हुने बताएका थिए ।

भलिबल संघका बरिष्ठ उपाध्यक्ष धामीले भलिबल खेलकुद बृद्धि विकासका लागि सरकारी निकायबाट सहयोग अपरिहार्य रहेको बताए । राष्ट्रिय खेलकुद परिषद प्रशिक्षण तथा तालिम केन्द्र उपनिर्देशक समेत रहेका मुख्य भलिबल प्रशिक्षक जगदिश प्रशाद भट्टले गाँउ गाँउमा भलिबलका खेलाडी उत्पादनमा टेवा पुग्ने बताए । जिल्ला भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्याम सिह मौनीले जिल्लाभरी भलिबलमयी बनाउनका प्रतियोगिता सार्थक हुने बताए । अध्यक्ष मौनीले खेलाडीको हौसलादेखि गाँउ गाँउबाट भलिबलका खेलाडी उत्पादनदेखि खेलको बृद्धि विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

ताजा समाचार