सुदूरपश्चिमका देवस्थलहरूको महिमामा आधारित धार्मिक गीत संग्रह ‘देव स्तुति’ सार्वजनिक

कञ्चनपुर : सुदूरपश्चिमका देवस्थलहरूको महिमामा आधारित विशेष धार्मिक गीत संग्रह ‘देव स्तुति’ सुदूरखबर वान युट्युब च्यानलबाट सार्वजनिक भएको छ। यो संग्रहले नेपाली कला र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

गीत संग्रहको रचना देवी दत्त पाण्डेले गर्नुभएको हो भने यसको सङ्कलन डम्बर राज पाण्डेले गरेका हुन्। प्रकाश पाण्डे र मञ्जु चटौतले यसको प्रस्तुति गरेका छन्। हाल अमेरिकामा कार्यरत युवा समाजसेवी प्रकाश पाण्डे लामो समयदेखि समाजसेवामा सक्रिय छन्। उनले ‘देव स्तुति’ संग्रह बजारमा ल्याएर सुदूरको कला र संस्कृतिको संरक्षण गर्ने आफ्नो प्रयासलाई अगाडि बढाएको बताएका छन्।

यस गीतमा नारायण दत्त भट्टले आफ्नो सुमधुर स्वर दिएका छन्। भिडियोको छायांकन अर्जुन थापा र दिपक नाथले गरेका हुन् भने कभर डिजाइन मनोज प्रसाद भट्टले गरेका छन्। सुदूरखबर वानका प्रबन्ध निर्देशक प्रकाश कलौनीले ‘देव स्तुति’ सुदूरपश्चिम क्षेत्रका धार्मिक आस्था राख्नेहरूका लागि एक विशेष संग्रह भएको बताएका छन्। यसले धार्मिक पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

ताजा समाचार