कञ्चनपुर : कञ्चनपुरकोे झलारीका युवा ललित जोशी सडक दुर्घटना काण्ड प्रहरीले नै ढाकछोप गर्न खोजेको भन्दै पीडित पक्ष आन्दोलित भएका छन । गत शुक्रबार जिल्लको पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तरगत बेदकोट नगरपालिका १० दैजी चम्पापुरमा शुक्लाफाँटा नगरपालिका १० झलारीका ३८ बर्षिया जोशीकोे निधन भएको थियो ।

शुरुमा प्रहरीले जोशीले चलाएको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको भन्दै घटना छाकछेप गर्न खोजेको भन्दै मृतक पक्षले प्रहरीको भूमिकालाई लिएर सडक आन्दोलन गर्न बाध्य भएको बताएका छन । महेन्द्रनगर देखि झलारी गईरहेका जोशी सवार लुप ०२००१प२८५१ चढेकोे मोटरसाईकलसंग झलारीदेखि महेन्द्रनगर आउन लागेका प्रदेश प्रहरी धनगढीमा कार्यरत प्रहरी जवानद्वय अमित भट्ट र सिद्धराज जोशी सवार बा ६६प ८७८७नम्बरको गाडीविच ठक्कर लागेको थियो । एक प्रत्यक्षदर्शी महिलाले शनिबार नै दुई मोटरसाईकल एक आपसमा ठोकिएको बताएकी थिईन ।

मृतकका आफन्तले आइर्तबार पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत झलारीमा चक्का जाम गरेका छन । बा एए ७५०२ नम्बर जिप चढेर धनगढीदेखि महेन्द्रनगर आउँदै गरेका सुदूरपश्चिमका डिआईजी डम्बर बहादुर विक चढेको गाडी रोकेर स्थानीयले घटना छाकछेप गर्न खोजिएको भन्दै आक्र्रोस पोखेका थिए । स्थानीयले डिआईजी विकसंग तपाईकै कार्यालयमा कार्यरत प्रहरीले चोरुवा मोटरसाईकल चलाउने अनि नागरिक ठोक्ने अनि भाग्नेदेखि घटना छाकछेप गर्न लागेको भन्दै आक्र्रोस पोखेका थिए ।

स्थानीय दिपक धामीले प्रहरीले नै नक्कली गाडी चलाएर नागरिकलाई ठक्कर दिएको त्यसपछि उद्दारमा खटिनुको साटो भाग्ने कार्य अमानविय भन्दै घटनाको छानबिन गरेर दोषी उपर कार्बाहीको माग अघि सारेका छन । स्थानीय समेत रहेका नेपाल तरुण दल शुक्लाफाँटा नगरका अध्यक्ष नरेन्द्र बहादुर चन्दले प्रहरीले ठक्कर दिएकै कारण जोशीको मृत्यु भएकाले घटना लुकाउन सिङ्को प्रहरी उद्यत रहेको भन्दै बाध्य भएर ललितको न्यायका लागि सडकमा आएको बताए ।
उनले न्याय नपाउँदासम्म शव नबुझ्ने र निरन्तर सडक आन्दोलन जारी राख्ने चेतावनी दिएका छन । पुर्वपश्चिम महेन्द्र राजमार्ग बन्दका कारण यात्रु अलपत्र परेका छन । कञ्चनपुर प्रहरीले घटनाको छाकछेप गर्न नखोजिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले घटनाको छानबिन भईरहेको बताए । ‘यो सवारी दुर्घटनाको हामीले अनुसन्धान अघि बढाईसकेका छौँ, ‘उनले भने, ‘छानबिन गर्दै जाँदा को को दोषि भेटिन्छन, सबैमाथि कार्बाही हुन्छ ।’
