साउदी अरबको रियादमा दशौँ राष्ट्रिय महाधिवेशन तथा बृहत सांस्कृतिक कार्यक्रमको तयारी तीब्र

साँस्कृतिक कार्यक्रममा नेपाली चर्चित सेलो गायिका जितु लोप्चनको बेजोड प्रस्तुति रहने

साउदी अरब: गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको दशौँ राष्ट्रिय महाधिवेशन तथा बृहत सांस्कृतिक कार्यक्रमको तयारी तिब्रताका साथ भैरहेको छ।

गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको दशौँ राष्ट्रिय महाधिवेशन-२०२५ जुलाई १८ तारिख शुक्रबार का दिन साउदी अरबको राजधानी रियाद एक्जिट-१३ खुरेस रोड फासदौरी मा मध्यान्ह १२ देखि साझ ७ बजे सम्म आयोजना हुने कार्यतालिका रहेको राष्ट्रिय समन्वय परिषद अध्यक्ष रबिना अर्यालले बताउनु भयो।

अध्यक्ष अर्यालका अनुसार, दशौँ राष्ट्रिय महाधिवेशनको अवसरमा बृहत सांस्कृतिक कार्यक्रमको समेत तयारी रहेको छ, जसमा नेपाल बाट नेपाली चर्चित सेलो गायिका जितु लोप्चनको समेत विशेष प्रस्तुति रहने र कार्यक्रममा सहभागीताको लागी प्रवेश शुल्क निःशुल्क समेत रहने छ।

गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबले कार्यक्रममा सम्पुर्ण संघसंस्था लगायत सम्पुर्ण नेपाली लाई कार्यक्रममा उपस्थितिको लागि समेत अनुरोध गरेको छ।

 

ताजा समाचार