पटरा खल्ला पक्की तटबन्ध जोगाउन भेटिभरको बिरुवा रोपियो

दोधारा । पटरा खल्ला तटबन्धलाई जोगाउन भेटिभरको बिरुवा रोपिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. ३ पटरा खल्ला नजिक जगबुडा नदीमा बस्ती जोगाउन हालै निमार्ण गरिएको पक्की तटबन्धमा भेटिभर अर्थात खसखसका बिरुवा रोपण कार्य सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रबक्ता हरिसिंह धनाडीले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको आयोजना र डिसीए, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सहयोग तथा उत्थानशिल युवा सञ्जाल, प्रगतीशिल सामुदायिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनी समन्वय र सहकार्यमा पटरा खल्ला नजिक जगबुडा नदीमा निमार्ण भएको पक्की तटबन्धलाई जोगाउन तटबन्धको दुबै भागमा झण्डै ४ हजार भेटिभरको बिरुवा रोपिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता हरिसिंह धनाडीले बताउनुभयो । जलवायु परिवर्तन तथा विपद् जोखिम न्युनिकरण अन्तर्गत पटरा खल्ला नजिक तटबन्धको दुवै भागमा भेटिभरको रोपिएको उहाँले बताउनुभएको छ् ।

भेटिभरको रोपण कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), उत्थानशिल युवा सञ्जाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रगतीशिल सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी, निड्स नेपालका प्रतिनिधी, जनप्रतिनिधी तथा स्थानियबासीहरुको उपस्थिती रहेको नगर प्रबक्ता धनाडीले बताउनुभएको छ् । पटरा खल्ला बस्ती बाढीको उच्च जोखिममा रहेको र बस्ती नजिक रहेको हालै निमार्ण गरिएको पक्की तटबन्धलाई मजबुत बनाउन भेटिभरको बिरुवा रोपिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका पुर्व सुचना अधिकृत भोजराज भट्टले बताउनुभयो । भेटिभरको जराले माटोलाई बाँधी राख्ने, भुक्षय हुन नदिने हुदा जग्गा कटानी रोकिने उहाँको भनाई रहेको छ् ।

हाल जलवायु परिवर्तनको प्रभाव तव्र रुपमा देखिन थालेको अवस्थामा वर्षायाममा जगबुडा नदीले जग्गा कटानी संगै बस्ती डुवान गर्दै जाने भएको हुदा स्थानिय विपद् व्यवस्थापन समिति तथा दोधारा चाँदनी नगरपालिका संग समन्वय र सहकार्य गरि पटरा खल्ला नजिक तटबन्धको दुवै भागमा भेटिभरको रोप्ने कार्य सम्पन्न गरिएको सुद्दढ परियोजनाका पुर्व सुचना अधिकृत भोजराज भट्टले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर, सुन्दरनगर, अठार नम्वर पिल्लर बस्ती, कञ्चनभोज संगै पटरा खल्ला बस्ती बाढीको उच्च जोखिममा रहेको बस्ती हो ।

ताजा समाचार