भीमदत्तका विपन्न जेहेन्दार दलित विद्यार्थीलाई शैक्षिक समाग्री

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका विपन्न, जेहेन्दार, दलित, आदिवासी जनजाती एव टुहुरा बालबालिका विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरिएको छ । भीमदत्त नगरपालिकाले नगरका विद्यालयका अध्ययनरत विपन्न, जेहेन्दार, दलित, आदिवासी जनजाती एव टुहुरा बालबालिका विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेको हो । मंगलबार एक कार्यक्रमका विच विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरिएको भीमदत्त नगरपालिकाले जनाएको छ ।

भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले जेहेन्दार विद्यार्थीको अध्ययनमा टेवा पु¥याउने उदेश्यले विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरिएको बताए । पालिकाले विद्यार्थीकोे अध्ययनमा प्रर्बद्धनका लागि उक्त कार्यक्रम गरेको उपप्रमुख लेखकले बताए । उपप्रमुख लेखकले आगामी दिनहरुमा समेत शिक्षाको बृद्धि विकासका लागि थप प्रर्बद्धनात्मक कार्यक्रम संचालन गर्ने बताईन । भीमदत्त नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरिदत्त जोशीले नगरभरीका ७० विद्यार्थीलाई झोला, कापी, कलम, पेन सहितका शैक्षिक समाग्री वितरण गरेको बताए ।

भीमदत्त नगरपालिका १९बागफाँटा लक्ष्मी माविका प्रद्यानाध्यापक प्रमानन्द नाथले पालिकाबाट विद्यार्थीको अध्ययनका लागि दिएका शैक्षिक समाग्रीले थप टेवा पुग्ने बताए । पालिकाले आफ्नो अवस्था बुझेर शैक्षिक समाग्री दिएको भन्दै विद्यार्थी खुसी भएका छन ।

ताजा समाचार