कञ्चनपुर : कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुखदेखिका जनप्रतिनिधीले जिल्लाको नमुना विद्यालयको अनुगमन गरेका छन । कृष्णपुर नगर पालिका प्रमुख हेमराज ओझा सहितका जनप्रतिनिधीले भीमदत्त नगरपालिका १८ कटानमा रहेको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल)कोे स्थलगत अनुगमन गरेका हुन ।

आइतबार मेयर ओझा सहित वडाध्यक्षद्वय टेक पाण्डेय, मोहन बस्नेतले विद्यालयको स्थलगत अनुगमन गरेकोे जनाएकोे छ । कृष्णपुर नपा ५का वडाध्यक्ष पाण्डेय पुर्व विद्यार्थी नेता एव नेवि संघ जिल्ला अध्यक्ष समेत रहेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्ट र प्रद्यानाध्यापक देवराज भट्टले मेयर ओझा सहितका जनप्रतिनिधीलाई कक्षा कोठादेखि फिल्ड अनुगमन एव विद्यालय सुधारका विषयमा छलफल गरेका थिए । चालु शैक्षिक सत्र ०८२देखि मेयर ओझा नेतृत्वमा कृष्णपुर नगरका सामुदायिक विद्यालय सुधार अभियान अघि सारेका छन ।

