विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा किशोर किशोरीहरुको भुमिका विषयक अन्तरक्रिया

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा किशोर किशोरीहरुको भुमिका विषयक अन्तरक्रिया सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका नगर प्रमुखको योजना तथा कार्यक्रम अनुसार र सनराईज मिडिया हाउसको आयोजनामा दोधारा चाँदनी नगरपालिका– ३ वडा कार्यालयको सभा कक्षमा एक दिने विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा किशोर किशोरीहरुको भुमिका विषयक अन्तरक्रिया सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष तथा नगर प्रबक्ता हरिसिंह धनाडीले जानकारी दिनुभएको छ् ।

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा युवाहरुलाई एकजुट बनाउने उद्धेश्यले अन्तरक्रिया सञ्चालन गरिएको नगर प्रबक्ता हरिसिंह धनाडीले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बाढी सम्बन्धीत विपद्का कारण बर्सेनी ठूलो क्षति हुदै आएको छ् । विपद् जोखिम न्यूनीकरण, विपद्को पूर्व तयारी, व्यवस्थापन तथा उद्धारमा मुख्य भूमिका राज्यको भएपनि विपद्का बेला कानुनी व्यवस्था र राज्य संयन्त्रको मात्र मुख ताकेर गाँउ, टोलको समस्या हल नहुने हुदा युवाहरुलाई विपद् व्यवस्थापनको निम्ती एकजुट बनाउन सके विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्न सहज हुने नगर प्रबक्ता धनाडीको भनाई रहेको छ् ।

बाढी सम्बन्धी विपद्को पिडा व्यहोर्दै आएको बडुवाल टोल, पटरा खल्ला लगाएत बस्तीका ३० जना युवाहरुलाई कार्यक्रममा सहभागी गराईएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका पुर्व सुचना अधिकृत भोजराज भट्टले बताउनुभएको छ् । प्राकृतिक तथा मानव सृजित दुवै प्रकारका विपद् न्युनिकरण तथा व्यवस्थापनमा युवाहरुले महत्वपूर्ण भूमि रहने हुदा सो सम्बन्धमा अन्तरक्रिया सञ्चालन गरिएको पुर्व सुचना अधिकृत भोजराज भट्टले बताउनुभयो ।

अन्तरक्रियामा दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता हरिसिंह धनाडी, वडा सदस्य दिपक महता, राधा सुनार रहनुभएको थियो भने, अन्तरक्रियाको सहजिकरण नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका पुर्व सुचना अधिकृत भोजराज भट्ट र निड्स नेपाल स्कोपआरथ्री परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्याय्ले गर्नुभएको थियो ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बाढीको जोखिम उच्च रहेको हुदा पालिका तथा बिभिन्न गैरसरकारी संस्थाहरुको समन्वय तथा सहकार्यमा बाढी सम्बन्धीत विपद् न्युनिकरण तथा व्यवस्थापनको निम्ती व्यापक तयारी सुरु हुदै आएको छ् ।

ताजा समाचार