खडक ब. काेली/ कञ्चनपुर : जीवनका लागि गीता ज्ञान अभियानद्वारा सन्चालन भईरहेकाे जीवनका लागि गीता ज्ञान अभियानले सनातन ज्ञानको सारगिता ज्ञानलाई शिक्षा समाज र जीवनसँग जोड्दै व्यक्ति र समाजको रूपान्तरण सनातन प्रवर्तनका लागि अन्तर्राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगिता असार १९ गते देखि शुरु भई सकेकाे छ।

उक्त प्रतियोगिता कार्यक्रममा देश र विदेशबाट गरी जम्मा १०४ जना प्रतियोगी सहभागी हुने योगाचार्य तथा ग्लोबल एकेडेमी बोर्डिङ स्कुलका प्रिन्सिपल सुरेन्द्र राज ओझाले बताएका छन् । प्रतियोगिताको प्रथम चरण असार १९ गतेदेखि शुरु भएकाे छ भने २२ गतेसम्म ) सन्चालन हुनेछ । प्रथम चरणको विषय शिक्षा क्षेत्रमा गीता ज्ञानको आवश्यकता रहेको थियाे भने प्रथम चरणबाट छनोट भएका १० जना प्रतियोगी द्रोस्रो चरणको प्रतियोगितामा समावेश गरिने छन् ।

दोस्रो चरणको प्रतियोगिता असार २७ गते सन्चालन गरिने छ । दोस्रो चरणको विषय उत्कृष्ट जीवनको लागि गीताको मार्गदर्शन रहेको छ । दोस्रो चरणबाट छनोट भएका प्रथम, द्वितीय , तृतीय र चतुर्थलाई प्रमाणपत्र सहित क्रमशः २० हजार , १५ हजार , १० हजार र ५ हजार पुरस्कार प्रदान गरिने ओझाले वताएका छन। जीवनका लागि गीता ज्ञान अभियानद्वारा सन्चालन हुन गइरहेको यस प्रतियोगिताका लागि आचार्य देवेन्द्र घिमिरेको संयोजकत्वमा डा. दीर्घ राज जोशी र दुर्गा न्यौपाने सदस्य रहने गरी तीन सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ ।

ओझाले भने कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सल्लाहकार समिति गठन गरिएको छ । सल्लाहकारमा यस अभियानका संकल्पकर्ता डा.हरिचन्द्र कमली, डा.गोविन्द शरण उपाध्याय , आचार्य देवेन्द्र घिमिरे , डा.दीर्घ राज जोशी , विशेष सहयोगीहरूमा गोकुल थापा ,सानु भाइ खड्का , डा. माला खरेल र जनक महरा रहेकाछन् । जीवनका लागि गीता ज्ञान अभियानका राष्ट्रिय संयोजक सुरेन्द्र ओझाको अध्यक्षतामा भई रहेकाे छ भने सन्चालन अभियानका राष्ट्रिय सहसंयोजक सुदीप पौडेलले गरिरहेका छन।
