एसईई नतिजा ०८१ : दोधाराचाँदनी नगरको खस्कियो नतिजा, २५ प्रतिशत विद्यार्थी मात्रै उर्तिण

कञ्चनपुर : कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको माध्यामिक परीक्षा शिक्षा (इसईई)को नतिजा अन्यन्तै नाजुक आएको छ । गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको आधारमा दोधाराचाँदनी नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नगरको नतिजा अत्यन्तै नाजुक आएको हो ।

सबैभन्दा बढि धुब्रताराका र सबैभन्दा कम भानु माविका २ मात्रै विद्यार्थी उर्तिण भएका छन । सरकारी तथा निजी गरेर १२ विद्यालयका ६सय २५ विद्यार्थी एसईईमा सहभागि भएपनि १सय ५४ मात्रै उर्तिण भएका छन । जम्मा २५ प्रतिशत मात्रै विद्यार्थी उर्तिण भएका हुन । अघिल्लो शैक्षिक सत्र ०८०मा सात सामुदायिक विद्यालयका विद्यालयका ६३८विद्यार्थी मध्ये ५३जना मात्रै उर्तिण भएका छन । अर्थात ८ प्रतिशत मात्रै विद्यार्थी उर्तिण भएका थिए । ०८०मा भानु माध्यामिक विद्यालयका १०२ मध्ये ११, शारदा सरस्वती माविका १०७ मध्ये ७, लक्ष्मीका ८३ मध्ये १२, शंकर पार्वती माविका ८१ मध्ये ७, अम्बिका माविका ११८ मध्ये ४, जनज्योती माविका ३९मध्ये ७ र महाकाली आर्दश माविका १०८मध्ये ५ जना मात्रै उर्तिण भएका थिए ।

०८१ शैक्षिक सत्र नगरपालिकाको तथ्याङ्क अनुसार अम्बिका माविका १सय १० विद्यार्थी मध्ये ४, जनज्योती माविका ४७मध्ये १३, भानु माविका ५३मध्ये २, धु्व्रतारा पब्लिक स्कुलका २७ मध्ये २६, जुबी ईन्टरनेशल ईङलिस एकेडेमीका ११मध्ये ५, कञ्चन लिटिल एन्जिल बोडिङ स्कुलका ११मध्ये ५, लक्ष्मी माविका ५४ मध्ये ४, महाकाली आर्दशका ५१मध्ये ६, नोबल एकेडेमीका ६१मध्ये ३८, शंकरपार्वती माविका ५६ मध्ये ४, शारदा सरस्वती माविका ९२मध्ये १४ र यूनिक सनराईजका २०मध्ये १० मात्रै विद्यार्थी उर्तिण भएका छन ।

जुबी ईन्टरनेशल ईङलिस एकेडेमीका जश्मी अधिकारीले ३.९५जिपिए ल्याएकी हुन । दोधाराचाँदनी नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि नतिजा सुधारका लागि योजना अघि सारिने जनाएको छ । दोधाराचाँदनी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरिदत्त जोशीले लगतै प्रअहरुको बैठक बोलाएर नतिजाबारे समिक्षा सहित आगामी दिनमा सुधारका लागि योजना अघि सारिने बताए ।

ताजा समाचार