कञ्चनपुर : सवारी दुर्घटनामा ज्यान गुमाएका कञ्चनपुरका युवा व्यवसायी दिपक चन्दको स्मृतिमा दिप प्रज्वलन गरिएको छ । बिहीबार जिल्लाका युवा, विद्यार्थीले सवारी दुर्घटनामा ज्यान गुमाएका कञ्चनपुरका युवा व्यवसायी दिपक चन्दको स्मृतिमा दिप प्रज्वलन गरेको होे ।

नेकपा एमाले कञ्चनपुरका युवा नेता एव दोधाराचाँदनी नगरपालिका ६का वडाध्यक्ष ओम बस्नेतले सवारी दुर्घटनमा ज्यान गुमाएका युवा चन्दको स्मृतिमा मदन चोकमा दिप प्रज्वलन सहित शोक सभा गरिएको बताए । उनले युवा नेता गुमाउदाँ जिल्लालाई अपुरणीय क्षति पुगेको बताए ।

मंगलबार राती दैजीमा जिपको ठक्करबाट चन्दको निधन भएको थियो । जिप चालक समेत रहेका सवारी धनी बिरेन्द्र महरा र गाडी नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । मृतक चन्द परिवारले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको छ ।

