कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरका ५८ प्रतिशत विद्यार्थी माध्यामिक शिक्षा परीक्षा(एसईई)मा उर्तिण भएका छन । गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले एसईई ०८१ को नतिजा सार्वजनिक गरेको थियो । बुधबार भीमदत्त नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले निजी तथा सरकारी दुवै विद्यालयको एसईईको विस्तृत नतिजा सार्वजनिक गरेको छ । भीमदत्त नगर शिक्षा शाखाको तथ्याङ्क अनुसार २५ सामुदायिक विद्यालयका १हजार ४४९विद्यार्थी मध्ये ५ सय ५६ विद्यार्थी उर्तिण, ८९३ अनुतिर्ण भएका छन । सरकारी तर्फ मात्रै ३८.३७ प्रतिशत विद्यार्थी उर्तिण भएका हुन । भने, निजी तर्फ ३४ विद्यालयका १हजार २सय१ विद्यार्थी मध्ये ९सय ८७विद्यार्थी उर्तिण, २सय १४ विद्यार्थी अनुर्तिण भएका छन । ८२.१८ प्रतिशत निजी तर्फ उर्तिण भएका हुन । निजी तर्फ उर्तिण र सरकारी तर्फ अनुर्तिण हाराहारी नै विद्यार्थी रहेका छन । तथ्याङ्क अनुसार विद्यार्थी संख्याका आधारमा सबैभन्दा सरकारी तथा निजी तर्फ महेन्द्रनगर नमुना मावि(साधारण स्कुल)का विद्यार्थी उर्तिण भएका छन । २५६विद्यार्थीमा १९६ विद्यार्थी उर्तिण भएका हुन ।

सामुदायिक तर्फ दोस्रो लक्ष्मी मावि बागफाँटाका ६६मध्ये ४० उर्तिण भएका छन । ०८०मा लक्ष्मीका २७.२७ प्रतिशत र ०८१मा बृद्धि भएर ६१ प्रतिशत नतिजा आएको छ । तेस्रोमा जेसिज मावि राजिपुरका ७०मध्ये ४६ विद्यार्थी चौथोमा शान्ति निकेतन माविका ५५मध्ये १९ विद्यार्थी उर्तिण भएका छन । महेन्द्र मावि कटानका ३५मा ५, सत्यवादी माविका ३६मा १७, महेश्वर मावि ४५मा १८, सरस्वती मावि परखेडका ४८मा ४, सिद्धनाथ अमर मावि गड्डाचौकी ४५मा १६, सरस्वती मावि महुलिया ४५मा १२, बैजनाथ मावि मटैनाका ५६मा २१, सिद्धनाथ मावि ब्रम्हदेब ७४मा १०, बैजनाथ मावि १सय १७मा ३६, जनसेवा मावि हल्दुखाल ३६ मा ६, महाकाली जनसेवाका ३६मा १२, त्रिभुवन माविका ४४ मा १०, सिद्धनाथ मावि जिमुवाका ५२मा २०,बैजनाथ मावि तिकपुर १५मा ३, युवा बर्षमावि तिलकेनीका ३५मा ९, भुकुटी मावि ३४ मा ९, जानकी कन्या मावि १६मा ३, पूर्णा मावि १सय २५ मा २४, सिद्धनाथ मावि बडैपुर १८मा ४, निङलाशैनी मावि ५०मा ७ विद्यार्थी मात्रै उर्तिण भएका छन । निजी तर्फ एभरेष्ट ईभरग्रीन, मोर्डन मण्डेश्वरी बाल विद्यालय, मेघावी स्कुल, एपेक्स गोदारी एकेडेमी, एस पब्लिक एकेडेमीका सत प्रतिशतविद्यार्थी उर्तिया भएका छन । एभरेष्ट ईभरग्रीन १९, मोर्डन मण्डेश्वरी बाल विद्यालयका २०, मेघावी स्कुलका २९, एपेक्स गोदारी एकेडेमीका १५, एस पब्लिक एकेडेमीका, १३ विद्यार्थी पुरै उर्तिण भएका छन ।

ईन्टर नेशनल पब्लिक स्कुल १२१मा ११४, कञ्चनविद्या मन्दिर ९१मा ७६, लिटिल बुद्ध एकेडेमी १६४मा १६१, न्यू सरस्वती विद्या मन्दिर ऐरी २५मा २४ राष्ट्रिय मावि १८मा १५, आर्दश विद्या निकेतन २९मा २८, ईन्टर नेशनल पब्लिक स्कुल १२१मा ११४, युनाईटेका २२मा १४, सार्क एजुगेशका ३३मा ३१, प्रभाव विद्या निकेतन ७६मा ६०, डाईमण्ड पब्लिक एकेडेमी २७मा १८, सनराईज बोडिङ्ग स्कुल ६०मा ५२, होलिफेमली ईङलिस मिडियम स्कुल ३४मा २४, फ्लोरिडाका ४२मा २१, महाकाली बाल विद्यालय १५मा ११, मर्निङ्गग्लोरी २९मा २५, नवप्रतिभा १२मा ९, जनज्योती मावि ४०मा ३३, भुवनेश्वरी विद्या मन्दिर ४५मा ३७, मोर्डन पब्लिक स्कुल ४६मा ४३, ग्लोबल एकेडेमीका २९मा २५, ग्लोक नवकिरण बाल विद्यालय १६मा १५, लिटिल स्टार पब्लिक स्कुलका ८मा ४, रेडियन्ट मावि १७मा १५, वेष्टर्न पब्लिक एकेडेमी २१मा ८, ज्ञानोदलय पब्लिक एकेडेमी ६मा २, सान ईन्टरनेशल २मा १, नागार्जुन बोडिङ स्कुल ३६मा २१, ब्राईट फ्युचर २२मा ४ विद्यार्थी उर्तिण भएका छन ।

०८०मा सु्न्य नतिजा ल्याएको लक्ष्मी मावि खैरभट्टी र पञ्चकृति मावि बागफाँटाले विद्यार्थी उर्तिण गराउन सफल भएको छ । लक्ष्मीका १९ मध्ये ६, पञ्चकृतका १८ मा ३ विद्यार्थी भएका छन । कस्मोपोलिटिन बोडिङ्ग स्कुलका १९ मध्ये पुरै विद्यार्थी फेल भएका छन । भीमदत्त नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरिदत्त जोशीले नगरका नतिजा सुधारका लागि बाल विकास कक्षादेखि सुधारमा जोडदिएका छन । ‘भीमदत्त नगरमा समग्र नतिजा राम्रो आएको छ, ‘उनले भने, ‘सरकारी विद्यालयले मेहनत गर्नुपर्ने देखियो, आगामी दिनमा नतिजा सुधारका लागि थप शैक्षिक कार्यक्रम प्रभावकारीताका साथै पाठ्यक्रम अनुरुप शिक्षणका कार्यक्रम संचालनमा जोडदिए । जिल्ला मुकामदेखि सुविधा सम्पन्न ठाँउकै भीमदत्त नगरका अभिभावकले समेत एसईईको नतिजा चिन्ताजनक आएको भन्दै आगामी बर्षमा ध्यान दिनुपर्नेमा सुझाव दिएका छन ।
