लालझाडीमा विपद् स्वयंसेवक तालिम

कञ्चनपुर : सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण शैलेश्वरी कञ्चनपुरद्वारा लालझाडी गाउँपालिकाको समन्वयमा२१दिने समुदाय विपद् स्वयंसेवक तालिम सफलतापूर्वक सम्पन्न भएको छ।सोमबार सशस्त्र प्रहरी बल, नेपाल नं.३५ गण शैलेश्वरी कञ्चनपुरले कार्यक्रमको आयोजना गरि तालिम समापन गरेको हो।

तालिममा गाउँपालिकाका २५ जना युवायुवतीको सहभागीता रहेको थियो। उनीहरूलाई विभिन्न किसिमका प्राकृतिक तथा मानवीय विपद् जोखिमको अवस्थालाई बुझ्न, मूल्याङ्कन गर्न, तत्परता अपनाउन र उद्धार गर्नका लागि व्यवहारिक सीप प्रदान गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं.३५ गण शैलेश्वरी कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्टले बताए।

तालिममा विपद् जोखिम न्यूनीकरणका उपायहरू, प्रारम्भिक प्राथमिक उपचार प्रविधि,आगलागी नियन्त्रण अभ्यास,खोज तथा उद्धार (Search and Rescue) अभ्यास,सुरक्षित शिविर व्यवस्थापन,सरसफाइ, स्वच्छता र खानेपानीको व्यवस्था र मोक ड्रिल (Mock Drill) अभ्यास गराइएको सशस्त्र प्रहरी उपरीक्षक भट्टले बताए। उपरीक्षक भट्टका अनुसार तालिम अवधिभर सहभागीहरूलाई सशस्त्र प्रहरीका तालिमप्राप्त प्रशिक्षकद्वारा व्यावहारिक कक्षा सञ्चालन गरिएको थियो।

समापन कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मण ढकालले समुदायमै विपद् प्रतिकार्यमा दक्ष जनशक्ति तयार पार्न यस्ता तालिम आवश्यक रहेको उल्लेख गरे। प्रमुख जिल्ला अधिकारी ढकालले गाउँपालिका अध्यक्ष रानालाई ५ वटा लाइफ ज्याकेट हस्तान्तरण गरेका हुन।

कार्यक्रमका सभापति लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले२१दिने समुदाय विपद् स्वयंसेवक तालिमले स्थानीय स्तरमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। यस किसिमका तालिमले विपद् जोखिम न्यूनीकरण र आपतकालीन अवस्थामा सुरक्षित समुदाय निर्माण गर्न सघाउ पुर्‍याउने बताउदै तालिम प्रदान गर्न सहयोग गरेने सशस्त्र प्रहरीलाई अभार प्रकट गरिएकाे छ ।

ताजा समाचार