कञ्चनपुर : कञ्चनपुरका आरक्षपीडितले धान दिवस मनाए तर, बिरोधशैलीमा मनाएका छन । आरक्षपीडित संघर्ष समितिले १५ असारमा धान दिवस मनाएको हो । आरक्षपीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष कर्ण बहादुर चन्दले अढाई दशक अघि तत्तालिन सरकारले जमिन खोसेर भूमिहिन बनाएपछि बिरोध स्वरुप शुक्लाफाँटा र कृष्णपुर नगरका विभिन्न स्थानमा दिवस मनाएको बताए ।

उनका अनुसार शुक्लाफाँटा नगरपालिका ८बेलडाँडी,११बनहरा,कृष्णपुर नगरपालिका १ दोमिल्ला, भेटघाट, कोईराल भुईया वन क्षेत्रमा साँकेतिक धान रोपाई गरिएको छ । गत जेठदेखि आरक्षपीडितको पुर्नस्थापनाका लागि काठमाण्डौँ केन्द्रीय आन्दोलनमा रहेको संघर्ष समितिले यता जिल्लामा पनि संघर्ष स्वरुप धान दिवस मनाएको छ ।

तत्तकालिन सुरेन्द्र बम नेतृत्वको आयोगले शुक्लाफाँटा र कृष्णपुर नगरपालिका क्षेत्रमा कुकाठ भएको स्थानमा आरक्षपीडित पुर्नस्थापनाका लागि प्रति परिवार १०कट्टा जमिन दिनुपर्ने प्रस्ताव अघि सारेको थियो । आरक्षपीडितले पुर्नस्थापना नभए आन्दोलनको चेतावनी दिदै आएका छन ।

