माओवादी निर्वाचन क्षेत्र ३ को अन्तरकृया : पाटीमाथि जनविश्वास बढिरहेका बेला प्रतिकृयावादी दुष्प्रचारमा उत्रिए

कञ्चनपुर : नेकपा माओेवादी केन्द्र कञ्चनपुर निर्वाचन क्षेत्र ३ले अन्तरकृया कार्यक्रम गरेको छ । माओवादी निर्वाचन क्षेत्र ३कमिटिले शनिबार भीमदत्त नगरको हल्दुखालमा अन्तरकृया कार्यक्रम गरेको हो । माओवादी केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र ३का इन्चार्ज लोकेन्द्र लम्सालले नेता कार्यकर्ताहरुसंग समसामयिक राजनैतिक विषयमा छलफल गरिएको बताए ।

उनका अनुसार माओवादी नेतृत्वले सुशासन, विकास र भ्रष्टाचार बिरुद्धमा गरेको कामको जनताले मुल्याङकन गर्दैै पछिल्ला दिनहरुमा पाटीमाथि जनविश्वास बढाईरहेका बेला केही प्रतिकृयावादी समुह संघ संगठन दुष्प्रचारमा उत्रिएले भ्रम चिर्नका लागि समेत नेता कार्यकर्ताविच अन्तरकृया गरिएको बताए । कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका केन्द्रीय सदस्य तथा क्षेत्र इन्चार्ज लम्सालले पाटीले अघि सारेका कार्यक्रम थप प्रभावकारी बनाउन नेता कार्यकर्ताहरु सकृय हुनुपर्नेमा जोडदिएका छन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका माओेवादी स्थायी कमिटि सदस्य तथा सुप प्रदेश संसदीय दलका नेता खगराज भट्टले नेता कार्यकर्ताहरुले पाटीको नीति, कार्यक्रम अनुरुप हरपल जनताकै साथमा रहेर काम गर्नुपर्नेमा जोडदिएका छन । कार्यक्रममा माओवादी नेता कार्यकर्ताहरुले वर्तमान सरकार जनताको हित आफ्ना भ्रष्टाचारमा मुद्दा खेपिरहेका नेता कार्यकर्तालाई सरक्षण गर्न मात्रैउद्यत रहेको भन्दै सरकारका गलत कामकाजको भण्डाफोर गर्नुपर्ने बताएका छन ।

ताजा समाचार