कञ्चनपुर : सुदूरपश्चिमका पत्रकार राजेन्द्र प्रशाद अवस्थीलाई सम्मान गरिएको छ । महेन्द्रनगर जेसीज बर्ष ०२५ का अध्यक्ष समेत रहेका पत्रकार अवस्थीलाई बैतडीमा सम्मान गरिएको हो । शुक्रबार बैतडीमा राष्ट्रियता सरक्षण अभियान एव डिलाशैनी गाँउपालिकाको आयोजना गरिएको चर्मण्वती साहित्य सम्मेलन तथा अन्र्तराष्ट्रिय काव्यगोष्ठी कार्यक्रममा पत्रकार अवस्थीलाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान गरिएको छ ।

पत्रकार अवस्थीले समाजिक क्षेत्रमा पु¥याएको योदानका कदर गर्दै सम्मान गरेको आयोजकले जनाएको छ । पत्रकार अवस्थीलाई डिलाशैनी गाँउपालिका अध्यक्ष सन्तोष प्रकास जोशी,संविधान सभा सदस्य आनन्दी पन्तले प्रसंसा पत्र हस्तान्तरण गरेका थिए ।

डिलाशैनी गाँउपालिकाका अध्यक्ष सन्तोष प्रकास जोशीको अध्यक्षतामा भएको कार्यक्रममा बैतडी जिल्ला अदालतका न्यायाधिश तिर्थराज भट्ट प्रमुख अतिथि समेत रहेका थिए, भने संविधान सभा सदस्य आनन्दी पन्त बिशिष्ठ अथिति रहेकी थिईन । कार्यक्रममा नेपाल तथा भारतका स्रष्टाहरुले आ–आफ्ना प्रस्तुती राखेका थिए ।

