कञ्चनपुर : कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक तथा विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गराएको छ । शुक्रबार भीमदत्त–२ मा रहेको अरुणीमा विद्या मन्दिरले पाठ्यपुस्तक रहित शुक्रबारको दिन १ (एक) दिने निशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरेको हो । दीर्घायु क्लिनिक एण्ड मेडिकेयर सेन्टर,लाइफ लाइन प्याथोलोजी,आधारभुत स्वास्थ्य कार्यालय वडा नं.०२ कार्यालय संगको सहकार्यमा डा. विवेक सोनी र डा. दिपेन्द्र कुमार रावतले अभिभावक तथा विद्यार्थी लगाएर कुल १५५ जनाको स्वास्थ्य परिक्षण गरेको विध्यालयका संस्थापक डम्मर कार्कीले बताएका छन ।
एक दिने शिविरमा सुगर, रक्तचाप,नाक,कान,घाटी,दातँ,े आदिको प्राथमीक चेकजाँच गराईएको थियो । यसैगरी डा.विवेक सोनीका अनुसार बच्चाहरुमा टाउको, आँखा, पेट दुख्ने समस्या बढि देखिएको बताएका छन । विद्यालयको पाठ्यपुस्तक रहित शुक्रबारमा बिद्यार्थीहरुलाई नाचगान, कला संस्कृति,प्रयोगात्मक,रचनात्मक क्षमताको विकास, सगै विद्यार्थीहरुको सर्वाङ्गिक विकासमा संस्कार युक्त शिक्षामा विद्यालय टिम निरन्तर लागि रहेको संस्थापक कार्कीले बताएका छन । बालबालिकाहरुको शिक्षामा मात्र नभई स्वास्थ्यमा पनि ख्याल गर्ने गरी सञ्चालनमा ल्याएको कार्यक्रमबाट अभिभावकहरुले खुसी हुदै विद्यालय टिमलाई धन्यवाद दिईरहेका छन ।
