शैक्षिक स्तर बृद्धिका लागि महेन्द्रनगर नमुना माविको नयाँ योजना : समिति र शिक्षकविच सम्झौता

कञ्चनपुर : कञ्चनपुरको एक सामुदायिक विद्यालय व्यवस्थापन समितिले शिक्षकसंग सम्झौता गरेको छ । भीमदत्त नगरपालिका १८कटानको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय व्यवस्थापन समितिले शिक्षकसंग सम्झौता गरेको हो । चालु शैक्षिक सत्र ०८२देखि समिति र विद्यालय प्रशासन, शिक्षकविच कार्य सम्पादनका लागि सम्झौता भएको जनाएको छ । महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल)व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्ट र प्रद्यानाध्यापक देवराज भट्टविच शैक्षिक सत्रमा गर्ने शैक्षिक कार्यक्रम बारे सम्झौता भएको जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टले समितिले अघि सारेका लक्ष्य अनुरुप शिक्षक,कर्मचारीले कार्य सम्पादन गरेर शैक्षिक बृद्धि विकासका लागि कार्यक्रम संचालन गर्न सम्झौता गरिएको बताए । समितिले तोके अनुरुप शैक्षिक उपलब्धी बारे स्वयम शिक्षकले नै आफैले आफैलाई मुल्याङकनदेखि समितिले उत्कृष्ट काम गर्ने नतिजा ल्याउने शिक्षकलाई सम्मान जस्ता प्रोत्साहनका कार्यक्रम संचालन गर्ने छ ।

लामो समयदेखि विद्यार्थीले खचाखच हुने महेन्द्रनगर नमुना माविले पछिल्ला दिनहरुमा थप शैक्षिक सुधारका कार्यक्रम गर्दै आएको छ । शिक्षक, कर्मचारीलाई शैक्षिक डायरी समेत वितरण गरिएको छ । प्रद्यानाध्यापक देवराज भट्टले समितिसंग शैक्षिक सुधारका लागि गरिएका कार्यक्रम कार्यान्वयन गर्दै विद्यालयको शैक्षिक उन्नयनका लागि कामकाज गर्ने प्रतिज्ञा गरेका छन ।

ताजा समाचार