कञ्चनपुर: कञ्चनपुरको एक सामुदायिक विद्यालयका विद्यार्थीलाई राष्ट्रिय सेवा दल(एनसीसी) तालिम दिन लागिएको छ । नेपाली सेनाले कृष्णपुर नगरपालिका २ बंक स्थित उदय माविका विद्यार्थीलाई राष्ट्रिय सेवा दल(एनसीसी) तालिम दिन लागेको हो । विद्यार्थीलाई अनुशासन, नेतृत्व विकास र राष्ट्रसेवाका भावना जागृत गराउन तालिम संचालन गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रद्यानाध्यापक बमन रानाले सोमबार तालिमको औपचारिक उद्घाटन गरेर तालिम शुरु गरिएको बताए कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले तालिमबाट विद्यार्थीमा राष्ट्र भावना जागृत हुने बताए । विद्यार्थीमा अहिलेदेखि अनुशासन, राष्ट्रप्रति भावना सन्देश दिलाउन उक्त तालिम प्रभावकारी हुन लागेको बताए ।

उदय माध्यामिक विद्यालयका अध्यक्ष दिपेन्द्र बहादुर पालले पहिलो पटक विद्यार्थीलाई एनसिसी तालिमा सहभागि भएको भन्दै थप समाजिक उत्तरदायी बढ्ने बताए । नेपाली सेनाका मेजर सन्तोष अधिकारीले ७९दिन विद्यालयमै र २१ दिन सामुदायिक क्याम्प हुने बताए । तालिम लिन पाएपछि विद्यार्थी हर्षित भएका छन ।

