कञ्चनपुर : महाकाली यातायात बहुउदेश्यीय कम्पनी प्रा.लि. (महाकाली सेती यातायात व्यवसायी समिति)को १७ औं कार्य समितिको अध्यक्षमा डम्मबर राज पन्त विजयी भएका छन् ।

२०८२ असार ७ गते भएको मतदानमा कुल मत ३५३ खसेको थियो । शनिबार निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार पन्तले आफ्ना प्रतिद्वन्द्वि नविन भट्टलाई हराउदै विजयी भएका हुन् । पन्तले १७० मत ल्याएका थिए भने उनका प्रतिद्वन्दी भट्टले १५९ मत ल्याएका थिए ।

त्यसैगरी उपाकार उपाध्यक्ष धिरेन्द्र बहादुर चन्ले १८४ मत ल्याएर विजयी भएका छन् उनका प्रतिद्वन्दी रमेश थापाले १४२ मत ल्याएका थिए, महासचिवमा गणेश बहादुर विष्ट १७४ मत ल्याएर विजयी भएका छन उनका प्रतिद्वन्द्वी देवराज जोशीले १५० मत ल्याएका थिए, कोषाध्यक्षमा बलराम पन्तले २३० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी मधुसुदन जोशीले ८१ मत ल्याएका थिए सदस्यमा अम्बा दत्त जोशी २२५, दिपक के.सी. २२२ देवेन्द्र बहादुर भण्डारी २३३, मोहन देव जोशी २२०, सुरेन्द्र बहादुर भण्डारी २१३ मत ल्यायी विजय भएका छन् ।

समितिको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र प्रसाद अवस्थी, प्रशासन उपाध्यक्षमा देब बहादुर बम, प्रशासन सचिवमा हिक्मत बहादुर कुँबर र उपकार सचिवमा पुस्करराज जोशी निर्विरोध निर्वाचित भएका छन् ।
