विपद् पूर्वतयारीमा युवाहरुको सक्रिय संलग्नता, पूर्वसूचना र पूर्व प्रतिकार्य क्षमता वृद्धिमा जोड

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीएको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाको आयोजनामा ‘विपद् पूर्वानुमानमा आधारित पूर्वतयारी तथा पूर्वकार्यमा समूह तथा युवा सञ्जालहरुको भूमिका’ विषयक एक दिने कार्यक्रम सम्पन्न भएको छ् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिका भित्र सक्रिय उत्थानशील युवा सञ्जाल, महिला समूहहरु तथा सामुदायिक संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई विपद् पूर्वतयारी, समयमै पूर्वसूचना प्रवाह, अग्रीम प्रतिकार्य तथा समन्वयात्मक क्षमता अभिवृद्धिका लागि व्यावहारिक अभ्यास सहित प्रशिक्षण प्रदान गरिएको थियो ।

स्थानीय स्तरमा बाढी, डुबान र आगलागी जस्ता विपद् जोखिमहरुलाई दृष्टिगत गर्दै यस्तो अभ्यासले समुदायलाई आत्मनिर्भर र सतर्क बनाउने विश्वास गरिएको छ् । कार्यक्रमले विशेषत: युवाहरुको नेतृत्वदायी भूमिका, समूहगत समन्वय र स्थानीय स्रोतहरुको परिचालन मार्फत दीर्घकालीन विपद् प्रतिकार्य क्षमताको विकासमा टेवा पुर्‍याउने उद्देश्य लिएको एनएनएसडब्ल्यूए सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले बताउनुभयो ।

एनएनएसडब्ल्यूए सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले समुदायस्तरमै पूर्वतयारी र स्थानीय संरचनाको सुदृढीकरण मार्फत विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने बताउदै, स्थानीय युवा सञ्जालहरुको परिचालनले विपद्का बेला निर्णय लिने, उद्धार, सूचना व्यवस्थापन र राहत समन्वयमा उल्लेख्य योगदान पुर्‍याउन सक्ने धारणा राख्नुभयो ।

‘विपद् पूर्वानुमानमा आधारित पूर्वतयारी तथा पूर्वकार्यमा समूह तथा युवा सञ्जालहरुको भूमिका’ विषयक एक दिने कार्यक्रम दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो ।

नगरपालिकाका प्रतिनिधीहरुले समेत विपद् जोखिम न्यूनीकरणका लागि यस्ता अभ्यासलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

 

ताजा समाचार