कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा लागु औषध दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ् । बिहीबार दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोगमा सनराईज मिडिया हाउस प्रालिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । दोधारा चाँदनीका प्रमुख किशोर लिम्बुको प्रमुख आतिथ्यमा सञ्चालन भएको लागु औषध दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रममा दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार, सनराईज मिडिया प्रालिका प्रतिनिधी सुरेन्द्र जैरु, लगाएत उतथानशिल युवा सञ्जाल, नगर प्रहरीको उपस्थिती रहेको थियो ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले छिमेकी राष्ट्र भारत संगको खुला नाकाको कारणले पनि लागु औषध ओसारपसार हुने गरेको पाईएको हुदा यसलाई नियन्त्रण गर्नु प्रहरी प्रशासन, स्थानिय सरकारले मात्र रोक्न नसक्ने भएकोले यसमा सबैको सक्रिय सहयोग हुनुपर्ने कुरामा जोड दिदै यसको न्युनिकरणको लागि सबैले सक्रिय भएर लागेको बताउनुभयो । लागु औषधका लागि बालबालिका, किशोर किशोरी देखि युवा पुस्ता ध्वस्त भईरहेको अवस्थामा सबैबाट प्रतिरोधात्मक तथा नियन्त्रणात्मक प्रयासमा हुनु पर्नेमा उहाँले जोड दिनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिका भारत संग जोडिएको खुला सिमा क्षेत्र भएको हुदा अहिले आएर दोधारा चाँदनी नगरपालिका लागु औषधको ट्रान्जिट पोईनट बन्दै गएको नगर प्रमुख किशोर कुमार लिम्बु दुख ब्यक्त गर्नुभएको छ् । कार्यक्रममा सहभागी उत्थानशिल युवा सञ्जाल दोधारा चाँदनीका संयोजक दुर्गा बडुवालले लागु औषध दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम उत्साहजनक रहेको बताउनुभयो । सामाजमा युवाहरु कुलत तर्फ उन्मुख रहेको बेला यस्ता कार्यक्रमबाटै युवा पिडीहरुलाई लागुऔषध दुव्र्यसनीबाट टाढा राख्नमा मद्दत पुग्ने संयोजक दुर्गा बडुवालले बताउनुभएको छ् ।

लागु औषध दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रमलाई दोधारा चाँदनी नगरपालिकाको भारत संग जोडिएको सिमा बस्तीहरुमा सञ्चालन गर्दा युवाहरुलाई लागुऔषध दुव्र्यसनी नियन्त्रणमा सघाउ पुग्ने उत्थानशिल युवा सञ्जाल दोधारा चाँदनीका संयोजक दुर्गा बडुवालले बताउनुभयो । बक्ताहरुले सबै तह र ताप्काबाट लागु औषध दुव्र्यसन नियन्त्रण गर्न सहयोग गर्नु पर्ने अहिलेको टडकारो आवश्यकता रहेको बताएका छन् ।
कार्यक्रममा युवाहरुले लागु औषध दुव्र्यसन नियन्त्रण आफुहरु लाग्ने प्रतिबद्दता जाहेर गरेका छन् ।
