कञ्चनपुर : क्रान्तिकारी कम्युनिष्ट पाटी नेपाल(बैद्य)ले कञ्चनपुरमा भ्रष्टाचार बिरुद्ध अभियान शुरु गरेको छ । ‘भ्रष्ट र भ्रष्ट्राचारीको अन्त्य गरौँ, भ्रष्टाचार बिरोधी अभियान सफल पारौँ’भन्ने मुल नाराका साथ बैद्य क्रान्तिकारी कम्युनिष्ट पाटीले भ्रष्टाचार बिरुद्ध अभियान शुरु गरेको हो ।

बिहीबार जिल्ला सदरमुकाम भीमदत्त नगरपालिकादेखि अभियान शुरुवात गरेको क्रान्तिकारी कम्युनिष्ट पाटील जनाएको छ । क्रान्तिकारी कम्युनिष्ट पाटी नेपाल कञ्चनपुरका जिल्ला इन्चार्ज राम बहादुर महरा(चिन्तक)ले बिहीबारदेखि शुरु भएको अभियान जिल्लाभरी संचालन हुने बताए । उनले भीमदत्त नगरकोे महेन्द्रनगरमा शुरुवात गरिएको अभियान सबै क्षेत्रमा संचालन गरिने बताए ।

‘जताजतै भ्रष्टाचारै भ्रष्टाचार छ, यो भ्रष्टाचारले जनता हैरान छन, केही सीमित मान्छे मोटाएका छन,, अब भ्रष्टाचार बिरुद्धको अभियान अघि बढाएर केही भ्रष्टाचार तह लगाउनेदेखि संस्थागत भ्रष्टाचार नियन्त्रणका लागि पाटीले दवावमुलक कार्यक्रम गर्छ, ‘उनले भने, ‘भ्रष्टाचार देश विकासको सत्रु भएकाले यसको जरै उखेल्नुपर्छ ।’ चिन्तकले यस अघि पाटीले जनसम्बन्ध अभियानसंगै अहिले भ्रष्टाचार बिरुद्ध अभियान संचालन गर्न लागेको बताए ।

गाँउदेखि सिहदरबार केन्द्रसम्मै काण्डैकाण्डले मुलुकमा भयाभह अवस्था सृजना गरेकाले पाटीले कञ्चनपुर सहित देशभर अभियान संचालन गरिएको बताए । उद्घाटन कार्यक्रममा जिल्ला इन्चार्ज राम बहादुर महरा(चिन्तक) सहित, पाटी १नम्बर ब्यूरो सेक्रेटरी हरि सुवेदी, जिल्ला संयोजक विष्णूराम नेपाली सहितका नेताहरुले सम्बोधन गर्दै भ्रष्टाचार बिरुद्धको अभियानमा साथ सर्मथनका लागि अपिल गरेका छन ।
