कञ्चनपुर: देशको सत्ता सम्हालिरहेको नेकपा एमाले नेता मात्रै होईन दोधाराचाँदनी नगरका एक पुर्व जनप्रतिनिधी राष्ट्रिय स्वतन्त्र पाटी प्रवेस गरेका छन । एमाले नेता एव दोधाराचाँदनी नगरपालिका १०का पुर्व वडाध्यक्ष नर बहादुर सुनार रास्वपा प्रवेस गरेका हुन ।

०७४सालमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएर वडा सरकार चलाएका सुनारले एमाले परित्याग गर्दै रास्वपाको सदस्यता लिएका छन । रास्वपा कञ्चनपुरका पाटी सचिव रामदत्त भट्टले पुर्व वडाध्यक्ष नर बहादुर सुनारले एमाले छाड्दै, रास्वपा रोजेको बताए । उनका अनुसार पाटीकोे प्रकृया अनुरुप अनलाई सदस्यता फारम भरेपछि ०८२जेठ २५मा सुनारलाई पाटीले सदस्यता दिएको छ ।

अहिले एमाले नगर, प्रदेश र देशकै सत्तामा हुँदा पनि यसरी पाटी परित्याग गर्दै रास्वपामा प्रवेस गरेकोे घटनाले अहिलेको सरकारले गणतन्त्रको फुलमाथि अन्याय गरेको परिमाण भएको राजनीतिक वृतमा टिप्पणी गरिएको छ । एमाले, काँग्रेस नेतृत्वको सरकारले सहकारीका संचालक समेत नरहेका रास्वपा सभापति लामिछानेमाथि राजनैतिक अत्याचार गरिरहेकै बेला सत्ताधारी दलका नेता कार्यकर्ताहरु रास्वपा रोज्नुलाई कतिपयले गणतन्त्रमा उदाएको नयाँ शक्तिमाथि अत्याधार गर्न नहुने तर्क राखिरहेका छन ।

