लागु औषध बिरुद्ध भोलीदेखि कञ्चनपुरमा आक्र्रमक अभियान

कञ्चनपुर : लागु औषध बिरुद्ध कञ्चनपुरमा साताव्यापी आक्र्रमक अभियान संचालन गरिदैछ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा विभिन्न संघ संस्थाहरुले साताव्यापी आक्र्रमक अभियान संचालन गर्न लागेको हो । ‘स्वथ्य, सम्य र सुरक्षित समाजको प्रतिबद्धता ः लागु औषध दुरुपयोग बिरुद्ध ऐक्यबद्धता’ मुल नारा लिएर शुक्रबारदेखि अभियान गर्न लागेको जनाएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले गृहमन्त्रालयको निर्देशन अनुरुप लागु औषध दुरुपयोग तथा अवैध ओसारपोसार बिरुद्धको अन्र्तराष्ट्रिय दिवस मनाउने योजना अनुरुप जिल्लामा पनि साताप्यापी मनाउन लागेको बताए । प्रजिअ ढकालका अनुसार सीमाक्षेत्रदेखि विद्यालयसम्मै विवित सचेतनामुलक कार्यक्रम गरेर रोकथाम गर्न सचेत गराईने बताए ।

पहिलो दिन शुक्रबार महेन्द्रनगर बसपार्कमा लागु औषध दुव्र्यसनी अवैध ओसारपोसार र सेवन नगर्न नगराउन यात्रु, यातायात मजदुर, संचालकहरुलाई सचेत गराउने, दोस्रो दिन गड्डाचौकी सीमा क्षेत्र सहित महाकाली चारलेन पुल क्षेत्रमा सर्वसाधारणसंग छलफल गर्ने, तेस्रो दिन सीमावर्ती दोधाराचाँदनी र कैलालीको सीमावर्ती कृष्णपुर नगरपालिका क्षेत्रका विद्यालयका विद्यार्थीसंग सचेतनामुलक कार्यक्रम संचालन गर्ने, चौथोदिन बेलौरी, बेदकोट नगरका विद्यार्थीसंग छलफल गर्ने, पाचौँ दिन भीमदत्त र शुक्लाफाँटा नगरमा रहेका लागु औषध नियन्त्रणका लागि संचालित पुर्नस्थापना गृहको स्थलगत अनुगमन छलफल गर्ने, छैटौँ दिन सुदूरपश्चिम विश्वविद्यालय सहितका भीमदत्त नगरका विभिन्न विद्यालयको चमेनागृह,खाजाघर क्षेत्रमा स्थलगत अनुगमन गर्ने, सातौँ दिन लागु औषध नियन्त्रणका लागि विभिन्न संघ संस्था,सरकारी निकायका प्रयास बारे सामुहिक छलफल गर्ने भएको छ ।

प्रजिअ ढकालले दिवस दिवसका लागि मात्रै नभई प्रभावकारी बनाउन प्रशासनले सुरक्षा निकाय सहितका विभिन्न समाजिक संघ संस्थाहरुसंग समन्वय सहकार्य गर्न खोजेको बताए । लागु औषधका लागि बालबालिका, किशोरकिशोरीदेखि युवा पुस्ता ध्वस्त भईरहेको अवस्थामा प्रशासनबाट सरोकारवाला निकायसंग प्रतिरोधात्मक तथा नियन्त्रणात्मक प्रयासमा जुटेको प्रजिअ ढकालको भनाई छ । प्रजिअ ढकालले सरकारी, गैर सरकारी निकायसंगै सवै अभिभावकले आफ्ना सन्तानमाथि २४सै घण्टा निगरानी नियमनदेखि सचेत गराउनुपर्ने समेत आग्रह गरेका छन ।

ताजा समाचार