महेन्द्रनगर : वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपालले कञ्चनपुरको भीमदत्त नगरपालिकामा समुदायको जलवायु उत्थानशीलता मापन नतिजा प्रस्तुतीकरण तथा परियोजनाको प्रगति शाझा कार्यक्रमको आयोजना गरेको छ । वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान)ले मंगलबार भीमदत्त नगरपालिकामा एक कार्यक्रमको आयोजना गर्दे समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम अन्तर्गत गरिएका कार्य प्रगति सार्वजनिक गरेको हो । पेशवानले, प्राक्टिकल एक्सन नेपालको सहकार्यमा भीमदत्त नगरपालिकाको वडा नम्बर १, २ र १९ वडामा सो परियोजना लागू गरेको छ । त्यसैगरी स्माइलिङ चिल्ड्रेन र पेशवानको साझेदारीमा भीमदत्त नगरपालिकामा दिवा खाजा कार्यक्रम पनि सञ्चालन गरिएको छ । भीमदत्त नगरपालिकाका ११ विद्यालयका १ हजार १९० विद्यार्थीहरुलाई एक करोड ३६ लाख ४९ हजार ३०० रकम छुट्याएर दिवा खाजाको पनि व्यवस्था गरेको परीयोजना संयोजक दिल ढाँटले बताए ।

समुदायबाट आएका योजना अनुसार काम भइरहेको प्राक्टिकल एक्सनका बरिष्ठ परियोजना अधिकृत रमेश गौतमले बताए । सो परियोजनाले प्रभावकारी पुर्वसूचना प्रणाली, विपद पूर्वकार्य र विमाका माध्यमबाट जोखिम हस्तान्तरण गर्दै विपदको सम्भावित जोखिम र क्षतिको मात्रा न्युनिकरणमा जोड दिएको जनाइएको छ । ‘हामीले नेपालमा कृषि, उर्जा, विपद् व्यवस्थापनका क्षेत्रमा काम गरिरहेका छौं,’ उनले भने, ‘पूर्व सूचना प्रणाली सुदृढीकरण, विपद्को पूर्वतयारी, क्षमता अभीबृदी र विपद्का बेला प्रयोग हुने आवश्यक सामाग्री सहयोगमा गर्ने गरेका छौं ।’ बाढी तथा तातो हाबा जन्य विपद्को परिबेशमा ७६ वटा सुचकहरुमा रहेर समुदायको उत्थानशीलताको अवस्था के कस्तो छ भन्ने बारेको नतिजा प्रस्तुत गर्दै समुदायबाट पहिचान भई आएका योजनाहरुबारे प्रस्त्तुतिकरण गरिएको छ । खासगरी बिपद्जन्य अवस्थामा अत्याबस्यक पूर्वाधारहरूको पहुचमा समस्या रहेको, फोहर व्यवस्थापनमा चुनौती हुने गरेको, परिवारको आम्दानी निरन्तरता, जोखिम न्युनिकरणमा लगानी जस्ता पक्षहरूमा कम्जोर रहेको र ती क्षेत्रमा आगामी बर्षको योजना तर्जुमामा के केस्ता गतिबिधी सन्चालन गर्न सकिन्छ भनी छलफल गरीएको छ ।

‘समुदाय सँगसगै विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम, बाढीको समयमा पारिवारिक हिंसा र प्रतिकार्य, विपद् शिषर्कमा बजेट बढाउनुपर्छ, विपन्न वर्गका लागि आय आर्जन, खाद्यान्नको व्यवस्थापन गर्नुपर्नेछ,’ त्यसको पूर्वतयारी गरिनु जरुरी रहेको बरिष्ठ परियोजना अधिकृत गौतमले बताए । कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा भीमदत्त नगरपालिकाका उपमेयर निलमलेखक जोशीले भीमदत्तले जलवायु परिर्वतन सम्बन्धि योजनामा राखेर अगाडी बढाएको बताइन् । उपमेयर जोशीले विपद्को समयमा सबैले सजक हुनुपर्ने र सबै मिलेर विपद्को प्रतिकार्य गर्नुपर्ने बताइन् । कार्यक्रममा उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष पिताम्बर जोशी, प्रमुख प्रशासकीय अधिकृत महेस बहादुर बम, भीमदत्त नगरपालिकाका वडा अध्यक्षहरू, विषयगत शाखा प्रमुखहरु, पालिकाको विपद् सम्पर्क व्यक्ति मनोज प्रसाद भट्ट, लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।लिकाका उपमेयर निलमलेखक जोशीले भीमदत्तले जलवायु परिर्वतन सम्बन्धि योजनामा राखेर अगाडी बढाएको बताइन् । उपमेयर जोशीले विपद्को समयमा सबैले सजक हुनुपर्ने र सबै मिलेर विपद्को प्रतिकार्य गर्नुपर्ने बताइन् । कार्यक्रममा उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष पिताम्बर जोशी, प्रमुख प्रशासकीय अधिकृत महेस बहादुर बम, भीमदत्त नगरपालिका ४ का वडा अध्यक्ष शुसिल कुमार भट्ट, वडा नम्बर १४ का अध्यक्ष भोजराज जोशी, पालिकाको विपद् सम्पर्क व्यक्ति मनोज प्रसाद भट्ट, लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

