शिक्षक महासंघद्वारा बेदकोट नगरलाई ज्ञापन

नगर शिक्षण अनुदानमा कार्यरत शिक्षक,कर्मचारीलाई समय आपेक्ष पारिश्रमिक माग

कञ्चनपुर: नेपाल शिक्षक महासंघले कञ्चनपुरकोे एक स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएको छ । शिक्षक महासंघ बेदकोट नगर समितिले बेदकोट नगरपालिका स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएको हो । नेपाल शिक्षक महासंघ बेदकोट नगरका सचिव गणेश बहादुर धानुकले सोमबार नगर प्रमुख भोजराज बोहरालाई ज्ञापन पत्र बुझाएको बताए ।

सचिव धानुकका अनुसार तीन बुँदे माग अघि सारेर ज्ञापन पत्र बुझाईएको छ । शिक्षक महासंघले नगर शिक्षक सिकाई अनुदानमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको समय सापेक्ष पारिश्रमिक दिनुपर्ने, शिक्षक, तथा कर्मचारीको पेशागत असिभबृद्धिका लागि सुचना तथा प्रविधि लगायतका पेशागत तालिमको प्रबन्ध गर्नुपर्ने र शिक्षक महासघले बर्षभरीमा गर्ने विभिन्न शैक्षिक क्रियाकलाप गर्न आवश्यक बजेटको माग अघि सारिएको छ ।

शिक्षक महासंघ बेदकोट नगरका अध्यक्ष रण बहादुर दौल्याल, सहअध्यक्ष शिवदत्त विष्ट र सचिव गणेश बहादुर धानुकले हस्ताक्षर गरेको ज्ञापन पत्रमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न र विद्यार्थीलाई प्रविधिमैत्री गुणस्तरीय शिक्षा र शिक्षक तथा कर्मचारीको पेशागत विकासका लागि स्थानीय सरकारले गम्भिर चासो दिनुपर्नेमा जोडदिएका छन ।. ज्ञापन पत्र बुझ्दै शिक्षक महासंघले अघि सारेका सामुदायिक विद्यालय बृद्धि विकासका मागमा नगरपालिका अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा समाचार