दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको पहलमा नेपाल–भारत साँझेदारी कार्यक्रम अन्तर्गत दोधारा चाँदनी नगरपालिकाले एक एम्बुलेन्स प्राप्त गरेको छ् । काठमाण्डौंमा भारतिय राजदुतावासमा आयोजित एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरिएको हो । चाडै नगरपालिकामा प्राप्त एम्बुलेन्स पुग्ने दोधारा चादनी नगरपालिका मेयर किशोर कुमार लिम्बुले बताउनुभयो ।


भारत सरकारको सहयोगमा सुबिद्या सम्पन्न एम्बुलेन्सले दोधारा चाँदनीलाई ठुलो राहत पुग्ने बताईएको छ् । दोधारा चादनी नगर अस्पताल र चादनी चौकीमा रहेको एक–एक वटा एम्बुलेन्स समेत ब्यस्त अवस्थामा रहने भएको हुदा नेपाल–भारत साँझेदारी कार्यक्रमबाट प्राप्त एम्बुलेन्सले थप सेवा प्रदान गर्ने छ् ।


दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले नगरको बिकासको लागी प्रदेश तथा संघिय मन्त्रालय, संघ–संस्थामा पुगी बिभिन्न सहयोग माग्दै आउनुभएको छ् ।

नगर क्षेत्रको समृद्धि र बिकासको लागी मेयर किशोर कुमार लिम्बुले गर्दै आएको कार्यलाई स्थानियबासीहरले प्रशंसा गर्दै आएका छन् ।






