कञ्चनपुर : कञ्चनपुरको एक कम्पनीले बाजुराका आगलागी पीडितलाई खाद्यान्न सहयोग गरेको छ । बेलौरी नगरपालिका १० शिवनगरमा रहेको अमृत डिष्टिलरी प्रालिले बाजुराका आगलागी पीडितलाई खाद्यान्न सहयोग गरेको हो ।

अमृत डिष्टिलरी प्रालिका प्रबन्ध निर्देशक एव कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले विपदमा परेका बाजुराका व्यवसायीहरुलाईको गुजाराका लागि खाद्यान्न सहयोग गरेको बताए ।

उनका अनुसार अमृत डिष्टिलरी प्रालिका जनप्रतिनिधीले पीडितलाई ३० बोरा चामल हस्तान्तरण गरेका छन । यसरी विपद परेका बेला पीडित परिवारलाई खाद्यान्न सहयोग गरेपछि हर्षित भएका छन ।

