पप्पु गुरुङ्ग, । दोधारा चाँदनी नगरपालिकामा स्काउटको बिटीसी र पिटिसी तालिम सम्पन्न भएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नेपाल स्काउट सुदूरपश्चिम प्रदेश स्थानिय स्काउट कार्यालय दोधारा चाँदनीको आयोजना र दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोगमा ६०४ औं बिटिसी र ४४७ औं पिटिसी स्काउट आधारभुत तालिम सम्पन्न भएको नेपाल स्थानिय स्काउट दोधारा चाँदनीका संयोजक दुर्गा बडुवालले जानकारी दिनुभएको छ् । बिद्यार्थीहरुलाई स्काउट सेवा प्रति प्रतिवद्ध बनाउन र उनीहरुको शारिरिक, वौद्धिक, संवेगात्मक, सामाजिक र अध्यात्मीक विकासका लागि शिक्षकहरुलाई ६ दिने आवासिय तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो । समापन सत्रमा दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बु, उपप्रमुख गंगा देबी जोशी, स्काउटकर्मी लगाएत शिक्षक, राजनितिक दलका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । निस्वार्थ सेवाका लागि मानव शक्ति तयार पार्ने उदेश्य सहित विद्यालय स्तरमा मानव जनशक्ति तयार पार्ने लक्ष्यले तालिमको आयोजना गरिएको कार्यक्रममा बताईएको छ् । आधारभूत तालिममा पुरुषको तालिम कोर्षलाई बिटिसी तथा महिलाको तालिम कोर्षलाई पिटिसी भन्ने गरिन्छ् ।

शिक्षकहरुलाई तालिम पश्चात बिद्यालयमा बिद्यालय स्तरिय नेपाल स्काउट गठन गरि तालिम प्राप्त शिक्षकहरुले प्रशिक्षण गर्ने योजना अनुसार तालिम सञ्चालन गरिएको ओंमकार आधारभुत बिद्यालयका शिक्षक तथा तालिमका सहभागी टंकलाल जोशीले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको मालिका आधारभुत बिद्यालयमा आयोजित स्काउटको बिटीसी र पिटिसी तालिमको समाप सत्रमा बोल्दै दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बालबालिकालाई जिवन उपयोगी शिक्षा दिने, सुयोग्य नैतिकवान र अनुशासित नागरिक तयार गर्ने स्काउटको उद्देश्य अनुसार महत्वपूर्ण कामको सुरुवात गरिएको बताउनुभएको छ् ।

नगर भित्र रहेका विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई अध्ययन संगै स्काउटमा आवद्ध गराई जिवन उपयोगी ब्यवहारिक शिक्षा दिन सकिने उहाँले बताउनुभयो ।

अन्तर्राष्ट्रिय स्वयंसेवी संस्था स्काउटको गतिविधी नेपालमा २००९ सालबाट शुरु भएपनि २०५० सालमा नेपाल स्काउट ऐन आएपछि मात्र कानुनी रुपमा निर्देशित भएर गतिविधी कार्यक्रम शुरु गर्दै आएको कार्यक्रममा बताईएको छ् ।
