महिलाहरुलाई आत्मनिर्भर बनाउन दोधारा चाँदनीमा झोल साबुन र डल्ले साबुन बनाउने तालिम

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा महिलाहरुलाई झोल साबुन र डल्ले साबुन बनाउने तालिम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ वडामा बसोबास गर्ने महिलाहरुलाई आत्मनिर्भर बनाउन ५ दिने झोल साबुन र डल्ले साबुन बनाउने तालिम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखा कार्यालयका शाखा प्रमुख डम्मरा पन्त लेखकले जानकारी दिनुभएको छ् । झोल साबुन र डल्ले साबुन बनाउने तालिमले महिलाहरु आत्मनिर्भर बनाउनेमा उद्धेश्य रहेको उहाँले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखा कार्यालय अन्तर्गत गठन भएका महिला बिकास समुहका सदस्यहरुलाईका लागी तालिम प्रदान गरिएको शाखा प्रमुख डम्मरा पन्त लेखकले बताउनुभएको छ् । तालिम लिएर सफल महिला उद्यमी बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

तालिममा ३० जना महिलाहरु सहभागी भएका शाखा प्रमुख डम्मरा पन्त लेखकले बताउनुभयो । समापन सत्रमा बोल्दै दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले लक्षित वर्गका महिला तालिममा समावेश गरिएकोले सिकेका ज्ञान, सिपलाई कार्यान्वयन गर्नुपर्ने जोड दिनुभएको छ् । बिगतका दिनहरुमा तालिम लिएर व्यवसायी गर्दा सरकारको पैसा खेर गाईरहेको बताउदै नगरप्रमुख किशोर कुमार लिम्बुले तालिम लिएर व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्नुभएको छ् । महिलाहरुले थोरै रकम र छाटो समयमा झोल साबुन र डल्ले साबुन उत्पादन गर्न सकिने भएको उहाँको भनाई छ् ।

तालिमले आत्मनिर्भर बनाउने अभियानलाई केही हद सम्म भए पनि टेवा पुग्ने अपेक्षा गरिएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । सिपले परिवारको अर्थिपार्जनका लागि टेवा पुगोस् भन्ने हेतुले आत्मनिर्भर तालिम आयोजना गरिने गरेको उहाँको भनाई छ् । तालिमको समापनमा सहभागी महिलाहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ् ।

सहभागीहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न प्रतिबद्धता जाहेर समेत गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखा कार्यालयले जनाएको छ् ।

ताजा समाचार