सीमावर्ती प्याराताल प्रर्बद्धनका लागि माछादेखि गोही जलचर प्राणीका प्रतिमा

कञ्चनपुर: कञ्चनपुरको सीमावर्ती क्षेत्रमा रहेको प्याराताल प्रर्बद्धन, लागि निजी क्षेत्रबाट सरक्षणका कार्यक्रम संचालन भईरहेका छन । पुर्नवास नगरपालिका ९ विचफाँटामा रहेको प्याराताल प्रर्बद्धनका लागि सरक्षणका कार्यक्रम संचालन भईरहेका हुन । जिल्लाका अग्रज पत्रकार दिपेन्द्र बस्नेत नेतृत्वको प्याराताल पर्यटन विकास केन्द्रले ओझेलमा परेको ऐतिहासिक, प्राकृतिक ताल प्रर्बद्धनका कार्यक्रम संचालन भईरहेका छन । जलचर प्राणीका प्रतिमा निर्माण गरिएका छन । माछा, कुटवा, ओद, कमलको फुल, मृग र अहिले गोहीको प्रतिमा निर्माण गरिएको छ । उक्त प्राकृतिक प्यारातालमा पाईने जिवजन्तु तथा बनस्पतीका प्रतिमाहरु निर्माण गर्न लागिएका छन ।

प्याराताल पर्यटन विकास केन्द्रका अध्यक्ष दिपेन्द्र बस्नेतले तालको जैविक पहिचानलाई झल्काएर पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ तालमा पाईने प्राणी तथा बनस्पतीको प्रतिमा निर्माण कार्य अघि बढाएको बताए । जिल्ला मुकाम महेन्द्रनगरदेखि झण्डै ६५ किलोमिटर दक्षिण र सुप प्रदेश राजधानी धनगढीदेखि झण्डै १५ किलोमिटर दुरीमा रहेकोे कञ्चनपुरको प्राकृतिक ऐतिहासिक ताल सरक्षण, प्रर्बद्धन र पुस्तान्तरणका लागि सो कार्य गरेको उनले बताए । उनले तालमा पाईने र ताल बरवर बासस्थान बनाएका जलचर, स्थलचरदेखि बनस्पतीको अवलोकनकर्तालाई प्रतिबिम्ब गराउन खोजिएको बताए ।

पुनर्वास नगरका मेयर तोय प्रशाद शर्माले गोहीकोे प्रतिमा अनाबरण गर्दै ताल सरक्षण र प्रचारप्रसारका लागि पत्रकार बस्नेत नेतृत्वको पर्यटन विकास केन्द्रले राम्रो काम गरेकोे प्रसंसा गरेका छन ।  मेयर शर्माले ताललाई थप पर्यटकीय गन्तव्य बनाउनका लागि डिपिआर बनाएर अघि बढ्ने बताए । उनले संघीय सरकारबाट ८० र पालिकाबाट २०लाख बजेटमा तटबन्धदेखि सभाहल निर्माण कार्य अघि बढाउने बताए । पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष राज कुमार रायमाझीले जैविक सम्पदाको सरक्षण, प्रचारप्रसार गर्दै आन्तरिक पर्यटन प्रर्बद्धन गर्नुपर्नेमा जोडदिएका छन ।

ताजा समाचार