कञ्चनपुर : सुदूरपश्चिम प्रदेश सरकारका शाखा अधिकृत दान बहादुर सुनारलाई पहलमान सिह स्वाँर स्मृति प्रादेशिक प्रतिभा पुरस्कार पाईएको छ । समाजिक विकास मन्त्रालयमा कार्यरत शाखा अधिकृत सुनारलाई पहलमान सिह स्वाँर स्मृति प्रादेशिक प्रतिभा पुरस्कार ०८२ पाईएको हो । शनिबारदेखि धनगढीमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले पहलमानसिह स्वाँर नेपाल भारत अन्र्तराष्ट्रिय साहित्य सम्मेलन तथा दोस्रो प्रादेशिक कविता सम्मेलनको अवसरमा शाखा अधिकृत सुनारलाई पनि पुरस्कारका साथै सम्मान गरिएको छ ।

शाखा अधिकृत सुनारले हालसम्म हालसम्म ५५लेख रचना प्रकासित गरेर समाजकलाई सुसुचित गराउन खोजेको भन्दै सम्मान गरिएको जनाएको छ । उनलाई नगद ११हजार, प्रमाण पत्र दोसल्ला सहित सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावलले प्रमाण पत्र हस्तान्तरण गरेका थिए । कञ्चनपुरको बेलडाँडी घर भएका शाखा अधिकृत सुनारले यस अघि पनि राष्ट्रिय सेवा सम्मान ०७९ उपराष्ट्रपतिबाट, प्रदेश युवा प्रतिभा सम्मान ०७८ मुख्यमन्त्री र उत्कृष्ठ कर्मचारी पुरकार मन्त्रालयबाट ०८१मा पाएका थिए । सम्मान पुरस्कार थप जनसेवामा उत्प्रेरणा थपको उनले अनुभव व्यक्त आगामी दिनमा जनताको हितमा गुणस्तरिय कामकाज गर्दै जाने प्रण गरेका छन ।

