अखिल क्रान्तिकारी कञ्चनपुरको इन्चार्जमा कुँवर, सुप विश्वविद्यालय इन्चार्जमा अवस्थाी

कञ्चनपुर : अखिल क्रान्तिकारी कञ्चनपुरको इन्चार्जमा डम्बर कुँवर र सुदूरपश्चिम विश्वविद्यालय इन्चार्जमा हेमराज अवस्थाी चयन भएका छन । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी जिल्ला इन्चार्जमा कुँवर, सुपवि इन्चार्जमा अवस्थाी चयन भएका हुन ।

विद्यार्थी नेता द्वय कुँवर र अवस्थीलाई अखिल क्रान्तिकारी केन्द्रीय समितिले जिल्ला र विश्वविद्याल इन्चार्जको जिम्मेबारी दिएको अखिल क्रान्तिकारीले जनाएको छ । अखिल क्रान्तिकारी केन्द्रीय सदस्य समेत रहेका कुँवर र अवस्थी विगत दशक बढी समयदेखि विद्यार्थीको हकहितका लागि विद्यार्थी राजनीतिमा सकृय छन ।

दुवै नेताद्वयले आ–आफुले जिम्मेबारी पाएका विद्यार्थी नेता डम्बर कुँवरले संगठनले दिएको जिम्मेबारी अनुरुप आम विद्यार्थीको हकहितका साथै संगठनका पक्षमा काम गर्ने प्रतिबद्धता गरेका छन ।

ताजा समाचार