कञ्चनपुर : आगामी आर्थिक बर्षका लागि सघीय सरकारले नीति, कार्यक्रम तथा बजेट ल्याएसंगै प्रदेश सरकार पनि नीति, कार्यक्तम ल्याउन लागेका छन । केन्द्रीकृत शासन व्यवस्थाको विकल्पमा रहेका संघीयता अनुरुप प्रदेश सरकारले पनि सम्वैधानिक व्यवस्था अनुरुप आउँदो आर्थिक बर्षका लागि १५ दिन अवागै नीति, कार्यक्रम ल्याउन लागेका छन । यस अघि सात पटक ल्याएको सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक बर्षमा पनि पुरानै कार्यक्रम पटके योजना अघि सार्दै नीति, कार्यक्रम ल्याएको छ । शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विगतका बर्षहरु जस्तै सुन्नदेख्न आकर्षक नारा तथा अभियानका कार्यक्रमहरु उल्लेख गरिएका छन । तर, प्रदेशको नमुनायोग्य कुनैपनि योजना छैन । सुप प्रदेश सरकारले नीति, कार्यक्रम तथा बजेटका लागि नारा दिएका छन । उद्यम विकासअन्तर्गत ‘एक जिल्ला–एक उद्यमु, गरौं उत्पादन–राखौं पहिचानु, एक स्थानीय तह–दुई उत्पादनु लगायतका नारा दिइएको छ । कृषि क्षेत्रअन्तर्गत कृषकलाई टेवा–घरदैलोमा प्राविधिक सेवा, पशुपक्षी पूर्ण खोप प्रदेश अभियान राखिएको छ । पर्यटन क्षेत्रको विकास कार्यक्रममा पर्यटन पूर्वाधार–समृद्ध प्रदेशको आधारु, बाकावीर पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भनिएको छ । गत बर्ष पनि नीति, कार्यक्रम तथा बजेटमा नारैनारा थिए । वन क्षेत्रतर्फ ुसामुदायिक वन–प्रदेशको धनु नारा दिइएको छ । स्वास्थ्य क्षेत्रमा मुख्यमन्त्री स्वास्थ्य सुधार तथा पोषण सुरक्षा कार्यक्रमु, स्वास्थ्यमा प्रविधि–समृद्धिमा गतिु, सबै आमाको हक–सुरक्षित गर्भ र सुरक्षित जीवनु, प्रदेशको समृद्धिका लागि स्वस्थ नागरिकु, एक घण्टा–आफ्नै लागिु,ुस्वस्थ बालबालिकाु, सबल नारी र सम्मानित जेष्ठ नागरिक–सुदूरपश्चिमको प्रतिबद्धता लगायतका नारा नीति तथा कार्यक्रममा राखिएको छ ।

प्रदेस सरकारले आगामी आर्थिक वर्षमा प्रदेश लगानी तथा विकास सम्मेलन आयोजना गर्ने भनेको छ । मुख्यमन्त्री गरिबी निवारण तथा लघुउद्यम कार्यक्रम, प्रदेशमा पनि स्टार्टअप कार्यक्रम, कैलालीको डुडेझारीमा प्रदेशस्तरको आद्योगिक क्षेत्र स्थापनाका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ । विगतमा झैं कृषकलाई कृषि कर्जाका ब्याजमा अनुदान तथा कृषकलाई विभिन्न अनुदान उपलब्ध गराउने कार्यक्रम प्रस्तुत नीति तथा कार्यक्रममा समेटिएको छ । प्रदेश सरकारको एक सय वटा उच्च प्रतिफलयुक्त आयोजना छनोट गरी कार्यान्वयन गर्ने तथा प्रदेश गौरवका आयोजना र बहुवर्षिय आयोजनालाई प्राथमकिता दिएर कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेशका गौरवका आयोजनाको निगरानी गर्न सीएम ‘एक्सन रुम’ स्थापना गर्ने भनिएको छ । शिक्षाअन्तर्गत कैलालीको टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालन गर्ने, बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालन गर्ने, नौ वटै जिल्लामा एकरएक नमुना क्याम्पस सञ्चालन गर्ने भनिएको छ । जयपृथ्वीबहादुर सिंह शैक्षिक पूर्वाधार विकास तथा विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रमअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रका एउटा माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउने भनिएको छ ।

स्नातक र स्नातकोत्तर तह पूरा गर्ने चरणमा रहेका इच्छुक विद्यार्थीलाई इन्टर्नसिप र स्वयंसेवकका रूपमा परिचालन भनिएको छ । खेल क्षेत्रअन्तर्गत प्रदेश खेलकुद नीति बनाएर उत्कृष्ट खेलाडीलाई सम्मान र प्रोत्साहन गर्ने, ुएक जिल्ला, एक क्रिकेट मैदानु निर्माण गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा उल्लेख छ । स्वस्थ बालबालिका, सबल नारी र सम्मानित जेष्ठ नागरिक दशक कार्यक्रम ०८२-०९२ सञ्चालन गर्ने योजना अघि सारेको छ । विगतका वर्षजस्तै सुदूरपश्चिम प्रदेशको राजधानीमा पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाइने विषय पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । प्रदेशको समृद्धिका लागि स्वस्थ नागरिक नारा दिएर स्वास्थ्य क्षेत्र सुधारका कार्यक्रम राखिएको छ । डडेलधुराको जोगबुढा, दार्चुलाको गोकुलेश्वर, कञ्चनपुरको बेलौरीलगायतका अस्पताललाई प्रदेशस्तरको बनाउने, अछामको बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन प्रदेश सरकारमातहत ल्याउन कानुनी प्रबन्ध गरी प्रदेशस्तरको अस्पताल रूपमा सञ्चालन गर्ने भनिएको छ । प्रदेश सरकारका योजना जनताको चाहना नभई ठेकेदार, विचौलियाको चाहना अनुरुप बेचबिखन हुने गरेकोे विषय बजारमा आएपछि प्रदेश सरकारको औचित्यमा समेत प्रशन उठदै आएको छ । गत विगतका नीति, कार्यक्रम एव बजेट कार्यान्वयनमा प्रदेश सरकार आफै उदाशिन रहेकोे पाईन्छ । सुप प्रदेश सरकारले नागरिककोे अपेक्षाकृत कामकाज गर्न नसकेकोे तिव्र आलोचना बढिरहेकोे छ ।
