दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ऐलानी जग्गा नापजाँच शुरु भएको छ् । आईतवार देखि दोधारा चाँदनी नगरपालिकामा भूमि आयोगले दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० सुन्दरनगर क्षेत्रमा ऐलानी जग्गा नापजाँच सुरु गरेको हो । एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिका– १० क्षेत्रबाट जनतालाई जमिनको मालिम बनाउन ऐलानी जमिन नापजाँचको समउद्धघाटन गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । बर्षौ देखि भूमिहिन, सुकुमबासी रहेका नागरिकलाई जमिनको मालिक बनाउन ऐलानी जमिन नाप्न सुरु गरिएको उहाँले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत संग जोडिएको सिमा बस्तीहरुको ऐलानी जग्गाबाट नापजाँच सुरु गरिएको उहाँले बताउनुभयो । तिव्र रुपमा जमिनको नापजाँच अघि बढाउने बताउदै नापजाँच लगत्तै लालपुर्जा वितरण गरिने नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । २०२२ साल देखि बसोबास गर्दै आएका दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा संग जोडिएको सबै बस्तीका जग्गालाई लालपुर्जा वितरण गर्ने पहिलो प्राथमिकता रहेको उहाँको भनाई रहेको छ् । कार्यक्रमा बोल्दै भूमि समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकाश पन्तले भूमि समस्या समाधान आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीको जग्गा नापीको काम सुरु गरेको बताउनुभएको छ् ।

आयोगले कञ्चनपुरका सबै पालिकामा नापी टोली गठन गरेर जग्गा नापीको काम गरिरहेको भूमि समस्या समाधान आयोगका अध्यक्ष नेत्रप्रकाश पन्तले बताउनुभएको छ् । स्थानिय सरकार संग समन्वय गरि तदारुकताका साथ कामकाज अघि बढाई आयोगका अध्यक्ष नेत्र प्रकाश पन्तले बताउनुभएको छ् । ऐलानी जग्गा नापजाँच सुभारम्भ कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बु, उपप्रमुगंगा देबी जोशी, भूमि समस्या समाधान आयोग कञ्चनपुरका बिज्ञ सदस्य दिल बहादुर सिजाली, वडाध्यक्ष चन्द्र बहादुर सिंह, जनप्रतिनिधी, राजनितिक दलका प्रमुख तथा प्रतिनिधी तथा स्थानियबासीहरुको सहभागिता रहेको थियो ।

आयोगका अनुसार दोधारा चाँदनी नगरपालिकामा भूमिहीन दलित १ सय ७६, भूमिहीन सुकुम्वासी, २ सय ६० र अव्यवस्थित बसोबासी ३ हजार ५ सय ६१ रहेका छन् ।
