खडक बहादु काेली/ डडेल्धुरा / अजैमेरु गाउँपालिकाका देवल दिव्यपुर ५ नम्बर वडा कार्यालय र जनचेतना ६ नम्बर वडा कार्यालयले आफ्नो वडाभित्र रहेका गरिब, विपन्न , दलित र एकल महिलाहरूलाई बाख्रा वितरण गरेको छ। जनतालाई गरिबसँग विशेश्वर कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ काे सञ्चालित बजेट अन्तर्गत गरिब, विपन्न ,दलित तथा एकल महिलाहरूलाई बाख्रा वितरण गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष राज बहादुर पालले जानकारी दिएका छन्।

अध्यक्ष पालले जनचेतना वडा नम्बर ६ का १० जना महिलार, देवलपुर ५ नम्बर वडाका १० जना महिला गरी २० परिवारका २० विपन्न, दलित, गरिब र एकल महिलाहरूलाई २० बाख्रा वितरण गरिएको बताए।अजैमेरु गाउँपालिकाद्वारा जन्तालाई गरिबसँग विशेश्वर कार्यक्रम अन्तर्गत छनौटमा परेका दुईटै वडालाई २ लाख बजेट छुट्याइएको थियो। सोही २ लाख बराबरको बजेटले बाख्रा किनेर बाख्रा बितरण गरिएको जनचेतना वडा नम्बर ६ का वडा अध्यक्ष हरि भण्डारीले जानकारी दिएका छन्।दुवै वडा कार्यालय अजैमेरु गाउँपालिका हुनुभन्दा पूर्व साविक देवल दिव्यपुर गाविस अन्तर्गत पर्ने वडा भएकाले दुवै वडालाई छनौट गरिएको हो ।

बाख्रा पाएपछि महिलाहरू खुसी भएका छन् । वडा कार्यालयले बिभिन्न सिपमूलक कार्यक्रम, जनचेतनामूलक कार्यक्रम र उत्पादक मुलुक कार्यक्रमहरू वडामा गदै आएकाेलेे गरिब, बिपन्न परििवारलाई राहत पुगेकाे अध्यक्ष पालकाेे भनाई रहेकाे छ।

