कञ्चनपुरका शिक्षकलाई मानव बन्यजन्तु सहअस्थित्व अभिमुखिकरण

कञ्चनपुर: कञ्चनपुरका शिक्षकहरुलाई मानव बन्यजन्तु सहअस्थित्व विषयक अभिमुखिकरण कार्यक्रम गराईएको छ । जिल्लाका दोधाराचाँदनी, भीमदत्त र बेदकोट नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयका शिक्षकहरुलाई मानव बन्यजन्तु सहअस्थित्व विषयक अभिमुखिकरण कार्यक्रम गराईएको हो । चुरे सरक्षण सञ्जाल नेपालले उक्त तीन पालिका क्षेत्रका विद्यालयका ईको वातावरण शिक्षकहरुसग अभिमुखिकरण गरेको जनाएको छ । चुरे सरक्षण सञ्जाल नेपालका कार्यक्रम व्यवस्थापक करन भट्टले विद्यालयका प्रद्यानाध्यापक, ईको वातावरण शिक्षक, विज्ञान सहितका शिक्षकहरुलाई अभिमुखिकरण गराएको बताए । उनका अनुसार तराई भूपरिधी कार्यक्रमकोे आर्थिक सहयोगमा शिक्षकहरुलाई मानव बन्यजन्तु सहअस्थित्व विषयक अभिमुखिकरण गराईएको छ । प्रशिक्षण समेत दिएका व्रिद्यालय वातावरण सरक्षण शिक्षा सञ्जाल (सेन्स नेपाल)का केन्द्रीय कोषाध्यक्ष बिर्ख बहादुर मल्लले वन वातावरण सरक्षणका लागि शिक्षकको भूमिका हुने बताए ।

उनका अनुसार विद्यालय हरियालीदेखि विद्यार्थीलाई बन्यजन्तु बारे जानकारी गराएपछि थप सरक्षणका कार्यक्रममा टेवा पुग्नेछ । प्रशिक्षक समेत रहेका डिभिजन वन कार्यालय कञ्चनपुरका बरिष्ठ वन अधिकृत अमरसिह धामीले पृथ्वी साझा भएकाले सबै जिवजन्तुको अस्थित्व कायम राख्न आवश्यक रहेकोे बताए । उनले शिक्षक मार्फत विद्यार्थीलाई मानव बन्यजन्तु बारे ज्ञान अभिबृद्धि भए समुदायमा मानव बन्यजन्तुजन्तुविचकोद्वन्द्व न्यूनिकरण हुने बताए । विश्व बन्यजन्तु कोषकी परामर्सदाता रुसाली कपालीले समेत प्रशिक्षक दिर्दै मानव बन्यजन्तुविचकोे द्वन्द्व न्यूनिकरणका लागि शिक्षकको भूमिका अपरिहार्य रहेको औल्याईन । तराई भूपरिधी कार्यक्रमका फिल्ढ सहायक शेर बहादुर चौधरीले पनि शिक्षकले विद्यालयमा पठाउने विषय विद्यार्थीलाई अवगत भए थप सरक्षणमा टेवा पुग्ने बताए । ‘शिक्षकले विद्यार्थीले जे सिकाउँछन, त्यही विद्यार्थीले जिवनमा प्रयोग गर्छ, ‘उनले भने, ‘मानव बन्यजन्तुविचको द्वन्द्व न्यूनिकरणका लागि शिक्षकको भूमिका महत्वपूर्ण रहन्छ ।’ अभिमुखिकरणमा सहभागि शिक्षकहरुले उक्त कार्यक्रमबाट वातावरण सरक्षणका क्षेत्रमा टेवा पुगेको बताएका छन ।

शान्ति निकेतन माविकी शिक्षिका ममता भट्टले अभिमुखिकरण कार्यक्रमले थप विद्यालय हरियालीदेखि विद्यार्थीलाई मानव बन्यजन्तु सरक्षणमा टेवा पुग्ने बताईन । चुरे सरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवरले पृथ्वीमा बस्ने वन्यजन्तु सहित मानव अस्थित्वका लागि वातावरण सरक्षण अपरिहार्य रहेको बताए । उनले पछिल्ला दिनहरुमा पारिस्थितिक प्रणालीमा प्रभावले जलवायु परिर्वतनसंगै मानव बन्यजन्तुविच बढिरहेको द्वन्द्व न्यूनिकरण गर्नका लागि समेत सचेतनशिल प्राणी मानव सजक हुनुपर्ने बताए । उनले शिक्षकको वातावरण सरक्षणमा महत्वपूर्ण भूमिका हुने भएकाले शिक्षकहरुसग छलफल गरेको बताए । हरित विद्यालय बनाउनेदेखि पृथ्वीमा रहेका सबै प्राणीको अस्थित्व रक्षाका लागि शिक्षकले अहिलेको अवस्थामा देखिएका विद्यमान समस्या बारे विद्यार्थीलाई अवगत गराउने भएकाले मानव बन्यजन्तुविचको अस्थित्वको विकास हुने विश्वास व्यक्त गरेका छन ।

ताजा समाचार