खडक बहादुर काेली/ कञ्चनपुर: नगर विकास पीडित संयुक्त संघर्ष समितिको आयोजनामा १३६औ मे दिवसकाे अवसरमा हार्दिक शुभकामना आदानप्रदान तथा विरोध कार्यक्रम गरेको छ। आज मे अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस भएको हामि खुसि छाै भने अर्को तिर स्थानीय सरकारले सुकुम्बासी बस्ती हटाउने सूचना निकालेकोले हाम्रो बस्ती नउठाउनु भनेर हामीले विरोध पनि सँग सँगै गरेको कार्यक्रमका सभा अध्यक्ष भरतलाल चौधरीले बताए, १३६ मे दिवस तथा अन्तर्राष्ट्रिय मजदुर दिवस श्रमिकहरूको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउनु र उनीहरूको हक अधिकार स्थापित भएको दिनको रुपमा प्रत्येक वर्ष मे १ तारिखमा दिवस मनाइने गरिन्छ।

परिपूर्ण लोकतान्त्रिक गणतन्त्रको निरन्तरता श्रमजीवी वर्गको सम्मान समृद्धि र सृजनशीलता भन्ने मूल नाराका साथ कञ्चनपुरमा रहेका मजदुर सुकुम्बासी कमैया कमलरी तथा साना व्यवसाय तथा खोका छाप्राद्वारा संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा भीमदत्त नगर विकास समितिलाई विगतमा बुझाएको ज्ञापन पत्रको कुनै सुनुवाई नभएपछि कार्यान्वयन गराउनुका निमित्त दबावमूलक र्याली तथा मे दिवस मनाएका छन। नेपाल सरकारको गृह मन्त्रालयले जारी गरेको अवैध संरचनामा हटाउने निर्णयमा हामीलाई मुछ्नेकार्य बन्दगर, नगर विकासको २०५८ /९ महिना २५ गते र २०६९ /९महिना २२ गतेको निर्णय कार्यान्वयन गर, हामी बसेकै ठाउँमा नापी गरी लालपुर्जा वितरण गर, बादी समुदायको उचित व्यवस्थापन गर, खाेका छाप्राको २०५३ को सर्वदलीय निर्णय लागू गर भन्ने माग लिएर मे दिवस तथा विश्व मजदुर दिवस मनाइएको सुकुम्बासी अगुवा आनन्द सिंह धामीले बताएका छन्। एकातिर हामी खुसीले मे दिवस मनाइरहेका छौँ भने अर्कोतिर स्थानीय सरकार र प्रशासनले बारम्बार सूचना निकालेर उठाउने प्रयास गरेकोले हामी दुःखी भएर दिवस मनाइएको दुखेसो धामीले मजदुर समक्ष पुगेका छन्। भरतलाल चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि नगर विकास पीडित संघर्ष समितिका संरक्षक महेश प्रसाद पन्त रहेका थिए उनले सुकुम्बासी, खाेका छाप्रा, कमैया, कमलरी, बादी समुदाय सबैको लागि गाँस बाँस कपासको व्यवस्था हुनुपर्नेमा जोड दिई आफूहरुलाई मजदुर वर्गको लागि पछि नहट्ने समेत बताएका छन्।

जुनसुकै जस्तो अवस्थामा भएपनि मजदुर वर्गको लागि आफ्नो व्यक्तिगत र पार्टीगत रूपमा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् उनले एक प्रसङ्गमा भने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासीहरु जुन ठाउँमा बसेका छन् त्यही ठाउँमा नापी हुने अध्यादेश लिएक बताउदै राष्ट्रिय सभाबाट सबै राजनीतिक दलले पास गरेपछि सुकुम्बासी जमिनको मालिक बन्ने र बसेकै ठाउँमा जमिन पाउने उनको भनाइ रहेको छ। अखिल नेपाल ट्रेड युनियन महासङ्घ कञ्चनपुरका जिल्ला इन्चार्ज पदमराज जोशीले सबैले एकजुट भएर अघि बढ्नुपर्ने बताए श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै तपाईँले साथ दिए तपाईँहरूका लागि गाँसबास कपास रोजगारीको व्यवस्थाकाे लागि महासंघले लागिरहने बताए। आफ्नो हक अधिकार मागेर होइन खोसेर लिनुपर्ने हुन्छ, सरकारले मजदुरहरूको गाँस बास, शिक्षा, रोजगारीको निश्चित ग्यारेन्टी लिनु पर्ने दायित्व हुन्छ हाे। भूमि अधिकार तथा श्रमिक संगठन कञ्चनपुरका जिल्ला अध्यक्ष सुरेश बिकले हामीले बनाएका जनप्रतिनिधिहरुले गरिब तथा सुकुम्बासीका झुपडी हटाए आफू प्रतिवादमा उत्रने प्रतिबद्धता जाहेर गरे।

जिल्लादेखि केन्द्रीय कार्यालयमा समेत जानकारी गराइसकेको बताए १३६ औँ मे दिवस तथा श्रमिक दिवसको तथा शुभकामना आदानप्रदान तथा विरोध कार्यक्रमकाे सञ्चालन दान सिंह विष्टले गरेका थिए उक्त कार्यक्रममा विभिन्न मजदुर संगठन, राजनीतिक दल ,मजदुर ,सुकुम्बासी, कमैया , कमलरी र खोका छाप्रास उद्धार समितिका अध्यक्ष वीर बहादुर बिष्ट, जी फन्ट उपाध्यक्ष लक्ष्मी जोशी।, अखिल नेपाल ट्रेड युनियन महासङ्घ कञ्चनपुर जिल्ला अध्यक्ष देवराज भट्ट, एकीकृत ट्रेड युनियन महासंघ प्रतिनिधि मनोज बिक, सुकुम्बासी टोल समितिका अध्यक्षहरु पवित्रा शाही, रामदिन चौधरी, लाहानु चौधरी, मोतिलाल उराव,द्रौपति खत्री र गजेन्द्र नारायण सरदारकाे उपस्थिति रहेको थियो। मे १ तारिखमा मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवस कञ्चनपुरका भूमिहीन सुकुम्बासीहरूले पनि भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालयको सुकुम्बासी बस्तीबाट सुरु गरी नगरपालिका, जिल्ला प्रशासन कार्यालय हुँदै बजार परिक्रमा गरी १८ मा रहेको पतन्जलि योगकाे प्राङ्गणमा कोण सभा गरी समापन गरिएको छ।
