पाँच घन्टा बसाई पछि कारागार बाट जेलमुक्त रेशम चौधरी

काठमाडौं: एक कर्मचारीको अनधिकृत पत्रका आधारमा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी करिब पाँच घन्टापछि जेलमुक्त भएका छन् ।

सर्वाेच्च अदालतका कर्मचारी महिमानसिंह विष्टले लेखेको अनधिकृत पत्रका आधारमा प्रहरीले उनलाई बुधबार अपरान्ह पक्राउ गरेको थियो । सर्वाेच्च अदातलको पत्रका आधारमा उनलाई छाडिएको डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले जानकारी दिए।

सो पत्र आधिकारिक नभएको भन्दै सर्वाेच्च अदालतले कारागार प्रशासनलाई बुधबार नै अर्काे पत्र पठाएपछि उनी जेलमुक्त भएका हुन्। चौधरी गत वर्ष जेठमा राष्ट्रपतिबाट माफी मिनाहा पाएर छुटेका थिए। त्यसविरुद्ध सर्वाेच्चमा परेको रिटको सुनुवाई जारी छ।

अनधिकृत पत्र लेख्ने अधिकृत महिनामान सिंह लाई काठमाडौं प्रहरीले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ।

ताजा समाचार