कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका शिक्षा महानिर्देशक दुर्गादत्त विष्टलाई सम्मान गरिएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले महानिर्देशक विष्टलाई सम्मान गरेको हो । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय सचिव बिरेन्द्रराज विष्टले सुदूरपश्चिमको शैक्षिक विकासका प्रभावकारी कार्यक्रम ल्याएको र शिक्षा क्षेत्रमा गरेको कामको मुल्याङकन गर्दै महानिर्देशक विष्टलाई सम्मान गरेको बताए ।
महानिर्देशक विष्टलाई सुदूरपश्चिम प्रदेशका समाजिक विकासमन्त्री मेघराज खडकाले प्रसंसा पत्र सहित सम्मान हस्तान्तरण गरेका थिए । यसैविच दिर्घराज पाध्यायको अध्यक्षतामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल सुप प्रदेशको २१ सदस्यीय समिति समेत चयन गरिएको छ । उपाध्यक्ष दिपक खत्री, महिला उपाध्यक्ष राजु भट्ट, महासचिव खगेन्द्र हमाल, कोषाध्यक्ष हेम खडका, सचिव हरिना देवी कामि, सचिव भरत सिह धामी, राम बहादुर थापा सहित रहेका छन ।
