झलारी : जङगली जनावर प्रभावित क्षेत्रका बासिन्दालाई शुक्लाफाँटा नगरपालिका वडा नं ३ ले टर्चलाईट वितरण गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकका बस्तीका बासिन्दालाई विपद् व्यवस्थापन कार्यक्रम अन्र्तगत वडा कार्यालयका तर्फबाट निःशुल्क रुपमा ३० परिवारलाई उज्यालोका लागि टर्चलाईट वितरण गरिएको हो ।

जङगली जनावरको उच्च जोखिममा रहेका जोनापुर पिपलाडीका १८ परिवार र तारापुर क्षेत्रका १२ परिवारलाई अधिक उज्यालो दिने उच्च गुणस्तरका टर्चलाईट उपलव्ध गराईएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनु भयो । एउटैको रु दुईहजार मूल्य पर्ने टर्चलाईट स्थानिय बासिन्दालाई उपलव्ध गराईएको उहाँको भनाई रहेको छ ।
“निकुञ्ज नजिकैका बस्ती भएकाले बदेल, निलगाई, चितल, हात्ती लगायतका जनावरले किसानका खेतवारी बारीमा पसेर वर्षेनी क्षति पुरयाउदै आएका छन” चौधरीले भन्नुभयो, “रातीका बेला उज्यालोका साधन नहुदा ती परिवारले निकै दुःख पाउने गरेका थिए, धेरै लामो समय देखि टर्चलाईटको माग गर्दै आएका थिए, मागकै आधारमा केही परिवारलाई तत्काल टर्चलाईट उपलव्ध गराएका छौं, बाँकीलाई आउदो आवमा टर्चलाइट उपलव्ध गराउछौं ।” स्थानिय बासिन्दा संगै पिपलाडी र जोनापुर गाउँका भलमन्सालाई एक÷एक थानका दरले टर्चलाईट उपलव्ध गराईएको उहाँको भनाई रहेको छ ।
टर्चलाईट पाईए पछि रातीका बेला खेतमा पसेका जङगली जनावर धपाउनका लागि निकै सहज हुने स्थानिय नरिभान ढुङगालले बताउनु भयो । “जङगली जनावर धपाउनका लागि प्रभावित क्षेत्रमा विद्युतको माग गर्दै आएका हौं” उहाँले भन्नुभयो, “लाईन विस्तार नहुदा त्यो कार्य हुन सकेको छैन, तत्कालका लागि टर्चलाईटले पनि जनावर धपाउन, खेतवारीको हेरचाह गर्न र सुरक्षित हुनका लागि सहयोग पुरयाउ छ ।”
