मन्त्र अस्पतालमा नवजात तथा बालरोग विशेषज्ञ चिकित्सकद्वारा सेवा शुरु

कञ्चनपुर : मन्त्र अस्पतालले नबजात शिशु तथा बालरोग बिषेशज्ञ चिकित्सकद्धारा सेवा शुरु भएको छ । नबजात शिशु तथा बालरोग बिषेशज्ञ डा. रबि ढकालले मन्त्र अस्पतालमा उपचार शुरु गरेका हुन । डा. ढकालले पेट तथा कलेजो रोग सम्बन्धि बालबालिकाको उपचार शुरु गरेको जनाएको छ । स्वदेश तथा विदेशमा सेवा गरेका डा. ढकालले मन्त्रमा पनि शुरु गरेका हुन । अस्पतालमा विशेषज्ञ र मेडिकल १५ गरि ६५ जनशक्ति सेवा प्रदान गर्दै आएको छ ।

साथै मन्त्र अस्पतालद्वारा  डेण्टल पूर्णकालीन सेवा पनि सुचारु गरेको छ, अब दाँत तथा गिजाका बिरामीहरुलाई कञ्चनपुरको मन्त्र अस्पतालमै उपचार सुविधा उपलब्ध हुने छ । मन्त्र अस्पतालले दिन प्रतिदिन विभिन्न रोगका विशेषज्ञ डक्टरहरु थप गर्दै सेवा दिन लागेको मन्त्र अस्पतालका निर्देशक डा.गोबिन्द रोकायाले बताए,  उनले भने ‘महिनामा मेजर र मुख्य अप्रेसन सल्यक्रिया गरिने गरेको छ, ओपिडिमा पनि  सेवाग्राही आउने क्रम बढेको छ ।’

मन्त्र अस्पतालले हाडजोर्नी लगायतका सेवाहरु पनि प्रतिदिन दिने गरेको छ। विभिन्न रोगको फुल टाईम र पार्ट टाइम डाक्टरहरु बाट सेवा दिने गरेको बताए। उनका अनुसार अझै पनि जन विश्वास दिलाउन सकेका छैनौ त्यो अनुरुप निरन्तर सेवा प्रवाहमा थप सुविधा लगायतलाई जोड दिने बताए । बैंक तथा बृत्तिय संघसंस्थाहरु लाई ५ देखि २५ प्रतिशात छुट दिने व्यवस्था रहेको छ।

सामाजिक उत्तरदायित्व अनुसार विभिन्न सामाजिक कार्य लगायत खेलकुद प्रतियोगिताहरु मा प्राथमिक उपचारका लागि निःशुल्क सेवा दिने गरेको छ। तीन बर्षदेखि स्वाथ्य सेवा गर्दै आएको मन्त्रले हरेक बर्ष मुख्य सल्यकृयादेखि, समाजिक कार्य अन्र्तरगत गाँउ गाँउमा निःशुल्क स्वास्थ्य शिबिर, विभिन्न संघ संस्थासंग सम्झौता गरेर गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । मन्त्र अस्पताल खुलेसंगै जिल्लाका बिरामीलाई भारत तथा बाह्य जानुपर्ने बाध्यता हटेको स्वयम बिरामीका आफन्त बताउँछन ।

ताजा समाचार