कञ्चनपुर : कञ्चनपुर दोधारा चाँदनी नगरपालिकाको प्रवर्धन तथा गुगुल्डि वाङमय प्रतिष्ठानको आयोजनामा भेटौलो चैतालो बिशेष नेपाल भारत काव्य गोष्ठी २०८१ सम्पन्न भयेको छ। दोधारा चाँदनी नगरपालिकामा साहित्यिक सास्कृतिक जागरण ल्याउने उद्देश्यले गुगुल्डि वाङमय प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्द विश्रामको अध्यक्षता ,नगर प्रमुख किशोरकुमार लिम्बुको प्रमुख आतिथ्यमा सञ्चालन भयेको कार्यक्रमको उदघोषण प्रतिष्ठानका सचिव जगदीश ओझाले गरेका थिए। कार्यक्रममा रमेश पन्त मीतबन्धुले कार्यक्रमको औचित्य प्रस्तुतगर्दै अतिथि तथा सहभागीलाई स्वागत गरेका थिए।

कार्यक्रममा सम्बिधान सभा सदस्य आनन्दी पन्त, भानु बहुमुखी क्याम्पसका प्रमुख प्रकाशबहादुर चन्द , नगर उपप्रमुख गंगादेवी जोशी, पुर्व नगर उपप्रमुख चिनी गिरी, साहित्यकार द्वय नारा जोशी तथा पञ्चमराज भट्टले शुभकामनासहित कार्यक्रमका विविध पक्षवारे मन्तब्य राखेका थिए। सोही अवसरमा नन्दादेवी खत्री, चिनी गिरी, खिमा चन्द, सीता भण्डारी तथा मथुरा पन्तलाई भेटाउलो चैतालो सम्मान २०८१ प्रदान गरिएको थियो भने डा मोहनप्रसाद पन्त, खिमानन्द बडू एवम् सरस्वती दहाललाई प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गरिएको थियो। सोही कार्यक्रमका अवसरमा प्रतिष्ठानका प्रकाशनहरू अध्यक्ष वीरबहादुर चन्द तथा प्रगतिशील लेखक संघ लगायतका विविध प्रकाशनका साहित्यिक पत्रिकाहरू प्रलेसका केन्द्रीय सदस्य रमेश पन्तले नगर पुस्तकालयका लागि नगर प्रमुखलाई हस्तान्तरण गरिएका थिए। सास्कृतिक कार्यक्रम अन्तर्गत, चिनाराम नेपाली, देवानीराम औजी, कुम्भसिह धनाडी, लक्ष्मीप्रसाद भट्टले विभिन्न प्रस्तुति राखेका थिए।
काव्य गोष्ठीमा भारतीय साहित्यकार डा राजबिन्दर कौर, निलेश कुमार गुरदीप सिहले काव्यपाठ गरेका थिए ।त्यसै गरि डा मोहन प्रसाद पन्त ,मोहनसिह पुजारी , सरस्वती भाट धामी, आनन्दी पन्त,वीरबहादुर चन्द बिश्राम, गंगा बिष्ट, खिमानन्द बडू, मनोरमा भट्ट, रमेश पन्त मीतबन्धु, सीता भण्डारी, लक्ष्मण अधिकारी, लगायत २०जना सर्जकहरूले रचना वाचन गरेका थिए। कार्यक्रममा दोधारा चाँदनी नगरपालिका बडा नं ६का बडा अध्यक्ष ओम बस्नेत ,लेखा अधिकृत यज्ञराज लेखक,,महिला शाखा प्रमुख डम्मरा पन्त ,राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखक ,साहित्यकार लक्ष्मीदत्त भट्ट “सत्यप्रेमी “पत्रकार पप्पु गुरूङको बिशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्यका क्रममा नगर प्रमुख किशोरकुमार लिम्बुले आफ्नो कार्यकालको यो पहिलो, नौलो र महत्वपूर्ण कार्यक्रम रहेको र आगामी दिनहरूमा युवा केन्द्रीत यस प्रकारका कार्यक्रमलाई सहयोग तथा निरन्तरता दिने कुरा बताउनु भयो। साहित्य आफ्नो पनि रूचीको बिषय भयेको र विद्यार्थीहरू लाई यसप्रकारका कार्यक्रमहरूमा उपस्थित गराउनु पर्ने कुरा औल्याउनु भयो। बिहान दश बजे देखि चार बजे सम्म चलेको साहित्यिक सास्कृतिक कार्यक्रममा प्रतिष्ठानले सहभागिहरूलाई प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो, कार्यक्रमको समापन गर्दै अध्यक्ष वीरबहादुर चन्द विश्रामले छोटो समयको सूचना, समयको प्रतिकुलताका बाबजुद पनि ५दर्जन बढीको सहभागिता अत्यन्तै गुणात्मक रहेको र नगरपालिकाको सहयोग तथा सहभागिहरूका उत्साहका लागि धन्यवाद ब्यक्त गरेका थिए।
