झलारी : धार्मिक पर्यटकीय क्षेत्र मुडाका(मणिका) धाममा लागेको मेलाको शनिवार आय व्ययको विवरण सार्वजनिक गरिएको छ । बैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका अध्यक्ष पूर्ण हमालको अध्यक्षतामा आयोजित कार्यक्रममा मेलाको आय व्ययको विवरण सार्वजनिक गरिएको हो । विकास समितिका पदाधिकारी, सल्लाहकार समितिका पदाधिकारी, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवि, पत्रकार, सर्वसाधारणको उपस्थीतिमा मेलामा भएको आय र व्ययको विवरण विकास समितिका सचिव डम्बर बहादुर ऐरले पढेर सुनाउनु भएको थियो । उहाँका अनुसार मेलामा आय रु दुई लाख ४३ हजार छ सय १३ रहेकोमा जस मध्ये व्यय रु एक लाख ७८ हजार एक सय ३९ रहेको छ । बचत रकम रु ६५हजार चार सय ७४ रहेको छ ।

आय तर्फ पूजा भेटिबाट सङकलित रकम रु आठ हजार आठ सय, दानपेटीबाट सङकलित रकम रु नौ हजार सात सय ८८, सचिवालयबाट सङकलित रकम रु ७६ हजार ८०, बजार व्यवस्थापनबाट सङकलित रकम रु ७९ हजार नौ सय ९५, पार्किङबाट सङकलित रकम रु ६५ हजार नौ सय ५० र भण्डाका लागि सङकलित रकम रु तीन हजार रहेको सचिव ऐरले जानकारी दिनु भयो । यसैगरी व्यय तर्फ रु छपाई तथा स्टेशनरी खर्च रु ११ हजार छ सय नौ, टेन्ट तथा जनरेटर खर्च रु २३ हजार छ सय, मेलामा भण्डारा खर्च रु १७ हजार एक सय ३०, दानपेटी निर्माण खर्च रु ११ हजार २५, पाईप तथा धारा खरिद रु १४ हजार एक सय ३०, व्याट्रि तथा बाइरिङ्ग सामान खरिद रु १२ हजार तीन सय, खानेपानी मर्मत तथा सरसफाई रु २ हजार आठ सय, मेलामा सामान ओसार पसार रु पाँच हजार दुई सय, दमाहा मर्मत खर्च रु तीन हजार एक सय, टेङकर तथा जेसिविको तेल खर्च रु नौ हजार एक सय १५ रहेको छ ।
दमाहा बजाउनेलाई पारिश्रमिक रु चार हजार, मूल पूजारीलाई दक्षिणा रु पाँच हजार, पत्रपत्रिका तथा विज्ञापन खर्च रु दुई हजार, पार्किङ तथा बजार व्यवस्थापनमा खटिएकालाई पारिश्रमिक रु २७ हजार ५०, मेला व्यवस्थापनमा पेट्रोल खर्च रु चार हजार रहेको छ । मेला फागुन २३ र २४ गते सम्पन्न भएको हो ।
