खाद्यान्न अभाव भएका साठी बादी परिवारलाई चामल वितरण

कञ्चनपुर : खाद्यान्नको अभाव भएका कृष्णपुर नगरपालिकाका तीन वडाका साठी बादी परिवारलाई चामल वितरण गरिएको छ । नगरपालिका कार्यालयमै नग उप प्रमुख द्रोपती रानाले वडा नं २, ५ र ७ का बादी परिवारलाई २५ किलोका दरले चालमल वितरण गर्नु भएको हो ।बादी परिवारलाईे रु एक लाख मूल्य वरावरको चामल खरिद गरी वितरण गरिएको बादी उत्थान विकास समितिका अध्यक्ष पदम राना(बादी)ले बताउनु भयो ।

“साँझ विहानको छाक टार्न मुश्किल भएका अति विपन्न बादी परिवारको छनौट गरी चामल वितरण गरेका छौं” उहाँले भन्नुभयो “काम नपाउदा सम्म दुई साता सम्म वितरण गरिएको चामलले परिवारको छाक टर्छ ।” अति विपन्न बादी परिवारलाई चामल वितरण गर्नमा सहयोग पुरयाएकोमा उहाँले नगरपालिकाको कार्यपालिकाको सह्राना गर्नु भएको छ ।

ताजा समाचार