कञ्चनपुर : कञ्चनपुर उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाको विदाई गरेको छ । सह सचिव सापकोटा ११ महिनादेखि कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी(सिडियो)का रुपमा कार्यरत थिए । गृह मन्त्रालयले सापकोटाको मन्त्रालयमा सरुवा गरेको थियो । बुधबार एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी सापकोटाको वाणिज्य संघले फेरी भेटौँला कार्यक्रम राखेर विदाई गरेको हो ।

कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर प्रशाद बोहराले लामो प्रमुख जिल्ला अधिकारी सापकोटाले जिल्लामा परेको कामकाजको प्रसंसा गर्दै सरुवाका बखत विदाई गरेको बताए । महासचिव बोहराले मायाको चिनो बाफत विजयशालकोे गिलास सहित गिफ्ट दिएर सम्मान विदाई गरेकको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देश विकासका लागि निजी क्षेत्र सक्षम हुनुपर्ने बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष एव कावा अध्यक्ष सुरेश गु्रुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा अर्का उपाध्यक्ष धर्मसिह रावलले समापन गरेका थिए ।
कार्यक्रममा पुर्व खानेपानीमन्त्री अब्दुल खाँको समेत स्वागत गरेको छ । वाणिज्य संघका महासचिव बोहराले पुर्वमन्त्री खाँलाई जिल्लाकोे औद्योगिक बृद्धि विकासका लागि ध्यानाकर्षण गराएका छन । पुर्वमन्त्री खाँले देश विकासका लागि त्रिपक्षीय सम्बन्ध आवश्यक रहेकोे औल्याए । पुर्वमन्त्री खाँले निर्माणधिन महाकाली पुलको समेत स्थलगत अनुगमन गर्दै समयमै पुल निर्माणमा जोडदिएका छन ।
