होलीफेम्ली स्पोर्टस एकेडेमीको क्रिकेट र तेक्वान्दो प्रशिक्षण शुरु

कञ्चनपुर : कञ्चनपुरकोे होलीफेम्ली स्पोर्टस एकेडेमीले क्रिकेट तथा तेक्वान्दो प्रशिक्षण क्याम्प शुरु गरेको छ। भीमदत्त नगरपालिका–१० जिमुवा, तिलकेनीको होलीफेम्ली स्कुल प्राङ्गणमा क्रिकेट तथा तेक्वान्दो प्रशिक्षण क्याम्प शुरु गरेको हो । होलीफेम्ली स्कुलकै उक्त होलीफेम्ली स्पोर्टस एकेडेमीले क्रिकेट र तेक्वान्दो खेलाडीहरुका लागि अभ्यास कार्यक्रम ल्याएको जनाएको छ । उद्घाटन कार्यक्रमका सभापति समेत रहेका होली फेम्ली स्पोर्टसका उपाध्यक्ष महादेव प्रशाद भट्टले १२ दिने क्रिकेट टे«निङ्ग तथा तेक्वान्दो प्रशिक्षण क्याम्पको शुरुवात गरिएको बताए । होलीफेम्ली स्कुलका प्रिन्सिपल एव होली फेम्ली स्पोर्टसका उपाध्यक्ष भट्टले गुणस्तरीय शिक्षाका साथै निःशुल्क खेलकुद प्रशिक्षणलाई निरन्तरता दिदै आएको विद्यालयले अहिले पनि थप स्तरीय कार्ययोजनाको साथ कार्यक्रम ल्याएको बताए ।

दुवै खेलविद्यातर्फ झण्डै ३सय विद्यार्थी खेलाडीको सहभागिता रहेको छ । कार्यक्रमका प्रमुख अथिति समेत रहेका कञ्चनपुर क्रिकेट संघका अध्यक्ष बिरेन्द्र बहादुर चन्दले विद्यालयको उक्त स्पोर्ट एकेडेमीले संचालन गरेको कार्यक्रमले खेलकुद क्षेत्रको बृद्धि विकास हुने बताए । खेल क्षेत्रको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफुलाई चिनाउन सफल भएका खेलाडिहरुलाई सम्झदै आफु र आफ्नो टिम सदैव खेलाडीहरुको उज्जवल भविष्यको लागी निरन्तर खटिने प्रमुख अतिथि चन्दको भनाई छ । कञ्चनपुर तेक्वान्दो संघका उपाध्यक्ष राजेन्द्र केसीले खेलकुद क्षेत्रकै खेलकुद विकासका लागि टेवा पुग्ने बताए ।

तेक्वान्दो प्रशिक्षक मोहन प्रताप गुरुङ्गले शिक्षा सगै स्वास्थ्य रहनको लागि खेलकुद पनि अनिवार्य रहेकाले अन्य विद्यालयहरुले पनि यस बिषयमा केन्द्रित हुनुपर्ने बताए । उक्त आयोजित कार्यक्रममा शुभकामना मन्तब्य नारायण दत्त भट्टले राख्नु भएको थियो भने प्राचार्य कृष्णदत्त भट्टले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा विभिन्न सरोकारवाला शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावकको उपस्थिीति रहेको थियो । होलीफेम्ली स्कुलका संचालक एव स्र्पोट एकेडेमीका अध्यक्ष भुपाल सिह विष्टले यस क्षेत्रको खेलकुद विकासका लागि नियमित पठनपाठनका साथै खेलकुदको विकासका लागि टेवा पु¥याउँदैै आएका छन ।

ताजा समाचार