दैजीमा सरस्वती विद्या सदन(तक्षशिला स्कुल) खुल्यो

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिकामा एक निजी विद्यालय संचालनमा आएको छ । बेदकोट नगरपालिका ३ दैजीमा सरस्वती विद्या सदन (तक्षशिला स्कुल) संचालनमा आएको हो । आउँदै शैक्षिक सत्र ०८२ देखि पठन पाठन गर्ने योजनाका साथ विद्यालय संचालनमा आएको जनाएको छ । विद्यालय संचालकहरुले नयाँ उदेश्य, योजनाका साथ पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत दैजी क्षेत्रमा विद्यालय संचालन गर्न लागेको बताएका छन । २० चैत्र देखि फारम वितरण गरेर २८चैत्र र २ बैशाखमा प्रवेस परीक्षा गरेर २ बैशाख देखि पठन पाठन संचालन गर्ने तयारी अघि बढाएका छन ।

सरस्वती विद्या सदन (तक्षशिला स्कुल)का प्रमुख कार्यकारी निर्देशक(सिईयो) हरिस डिसीले डेढ दशक शिक्षा क्षेत्रको अनुभवलाई नयाँ ढङगले संचालनका लागि दैजीमै संचालन गरेको एभरग्रिन मण्टेश्वरी विद्यालयका विद्यार्थी, अभिभावकको माग अनुरुप आधारभूत तहको विद्यालय संचालन गर्न लागेको बताए । ‘यहाँका विद्यार्थीको माग आवश्यकता अनुरुप हामीले दैजीमै आधारभूत तहको विद्यालय संचालन गर्न लागेका हौँ, ‘उनले भने, ‘यहाँबाट विद्यार्थी टाढा टाढा जान बाध्य छन ।’ सीप, संस्कार र प्रविधियुक्त २१ औँ शताब्दी गुहाउँदो गुणस्तरिय शिक्षा प्रदान गर्ने उदेश्यका साथ विद्यालय संचालन गरिएको उनको भनाई छ । हरेक कक्षामा एसी, विद्यार्थीमैत्री कक्षा, अडियो, भिजिओल, सिटिभिटी क्यामेरा, खेलकुद मैदान, नियमित अतिरिक्त कक्षा विषय प्राथमिकताका साथ अघि बढाईने उनले बताए ।

‘हामीले आजको शिशु २०/२५ बर्षपछि बजारमा खपत हुने जनशक्ति निर्माण गर्न खोजेका छौँ, ‘उनले भने, ‘गुणस्तरिय शिक्षामा हाम्रो प्रतिबद्धा कायमै रहने छ ।’ सरस्वती विद्या सदन(तक्षशिला स्कुल)की प्रिन्सिपल आब्या शुक्लाले निरन्तर पढाईका अतिरिक्त कक्षा संचालन गरेर बाल मनोवैज्ञानिक रुपमा पठन पाठन गरेर गुणस्तरिय शिक्षामा जोडदिने बताए । प्रिन्सिपल शुक्लाले गुणस्तरसंग सम्झौता गर्न नसकिने बताईन । सरस्वती विद्या सदन(तक्षशिला स्कुल)का अध्यक्ष दिपक बहादुर विष्टले ग्रामिण भेगका साना कक्षाका विद्यार्थीको आवश्यकता अनुरुप विद्यालय संचालन गरिने बताए । उनका अनुसार ११ आधुनिक कक्षा कोठा निर्माण गरिएका छन । अध्यक्ष विष्टले शहर बजारका विद्यालय भन्दा राम्रो गुणस्तरिय शिक्षा घर आँगनमै दिन लागेको बताए । अभिभावक र विद्यार्थीलाई विश्वस्त पार्ने गरेर विद्यालय संचालन गरिने बताए ।

ताजा समाचार