मन्त्री चौधरीको घुसकाण्ड छानबिन गर्न माग

कञ्चनपुर : सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीको घुसकाण्डको अडियो सार्वजनिक भएपछि राजिनामा दिएका छन । मन्त्री चौधरीले घुसकाण्डको अडियोमा राजिनामा दिएपनि उक्त काण्ड छानबिनको माग उठिरहेको छ । घुसलेनदेन काण्डको अडियो बाहिरिएपछि मुख्यमन्त्री कमल शाहले मन्त्री चौधरीलाई राजिनामा दिन दवाव दिएका थिए । मन्त्री चौधरीले शनिबार राजिनामा लिएपनि उनलाई सुख भने छैन, यसरी प्रदेशका मन्त्री खुलेयाम सरकारी कामका कमिसनको बार्गिनिङ्ग गर्दा समेत उनको अडियोमाथि छानबिन नभएको भन्दै नागरिक स्तरबाट मुद्दा उठान भईरहेको छ ।

यस्ता भ्रष्टाचारजन्य विषयमा राजिनामा दिएर नहुने भन्दै छानबिन गर्न माग उठिरहेको छ । नेकपा बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपालले मन्त्री चौधरीको घुसकाण्ड छानबिन हुनुपर्ने माग अघि सारेको छ । क्रान्तिकारी युवा संगठन नेपाल सुदूरपश्चिम प्रदेश कमिटिले घुस काण्डमा मन्त्रीले राजिनामा दिएर मात्रै नहुने छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको हो । राज्यको उच्च ओहोदामा बसेका व्यक्तिबाटै घुसलेनदेन लच्जास्पद भएको भन्दै क्रान्तिकारी युवा संगठनले यसमा गम्भिर आपत्ती प्रकट गरेको छ । क्रान्तिकारी युवा संगठन नेपालका सुप प्रदेश इन्चार्ज दिपेन्द्र सिह ऐरले हस्ताक्षर गरेको घुसकाण्डको छानबिन गरेर कार्बाही नगरिए संगठनका तर्फबाट आन्दोलनको चेतावनी दिएको छ ।

ताजा समाचार